Headlines News :
Home » » कबालीको कमाइ पहिलो दिनमै १०० करोड, ३ खानको कमाइ कोशौं टाढा..

कबालीको कमाइ पहिलो दिनमै १०० करोड, ३ खानको कमाइ कोशौं टाढा..

Written By news on Sunday, 24 July 2016 | 01:22

July 24, 2016


विश्व सिनेमामा बलिउड भारतको मुहार हो। बलिउडका ३ खानहरू शाहरूख खान, आमिर खान तथा सलमान खान त्यो अनुहारका सबैभन्दा बिकाउ अनुहार। वक्सअफिसमा उनीहरूको दर्हो उपस्थिति हुने गर्छ। तर यी तीन खानहरूको उपस्थितिलाई दक्षिण भारतिय तमिल सिनेमाका सुपरस्टार रजनीकान्तले तोडिदिएका छन्। रजनीले तीनै खानका फिल्मका हालसम्मका ‘ओपनिङ् रेकर्डलाई तोडेका छन्। रजनीले उनीहरूलाई कमाइको मामालामा कोशौं टाढा छोडिदिएका छन्। शुक्रबार रिलिज भएको ‘कबाली’ भारतको घरेलु बजारबाट मात्रै २५० करोड भारू कमाएको छ। ‘कबाली’को यो रेकर्ड कमाइले शाहरूख खानको सन् २०१४ मा रिलिज भएको ‘ह्यापी न्यू इयर’को ४४.९७ करोडको किर्तिमानी कमाइलाई ठूलै फराकले पछाडी पारिदिएको छ। त्यस्तै ४०.०३ करोड कमाइका साथ सलमान खानको ‘प्रेम रतन धन पायो’ सूचिको तेस्रो स्थानमा रहेको छ।’कबाली’ तमिलसहित डब संस्करणमा हिन्दी तथा तेलेगु भाषामा समेत रिलिज भएको थियो। फिल्म संसारभर करिब ८००० देखी १०००० पर्दामा एकसाथ रिलिज भएको थियो। फिल्म अमेरिकामा ४८०, मलेसियामा ४९० तथा गल्फ देशहरूका किब ५०० पर्दामा रिलिज गरिएको थियो। रिलिज भएको पहिलो दिनमा फिल्मले बलिउडले सफलताको मानक मान्दै आएको १०० करोड भारूको कारोबार गरेको थियो जबकी बलिउडका ठूला स्टारका फिल्मले यति कमाइ गर्न ३ दिन लगाउने गर्छन्।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger