|
|
साउन ९ ।
कारको ठक्करबाट मलेसियामा एक नेपाली महिला कामदारको मृत्यु भएको छ।
बातुपाहतमा रहेको मिओ–मिओ फुड कम्पनीमा कार्यरत ईलामकी संगीता राईको बाटो पार गर्नेक्रममा कारको ठक्करबाट शनिबार मृत्यु भएको नागरिकमा खबर छ ।
ड्यूटी जानेक्रममा राईलाई जोहोरबारुस्थित बातुपाहत भन्ने ठाउँमा कारले ठक्कर दिएको थियो। रोजगारीका लागि दुई महिना अघि मात्र मलेसिया पुगेकी राईका एक छोरा छन्।
राईलाई ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको मिओ–मिओ फुड कम्पनीमा कार्यरत सुर्यप्रकाश पुनमगरले जानकारी दिए। मृतकको शव कम्पनी र सहयोगीको पहलमा घर पठाउने तयारी भइरहेको छ। उनको शव पोष्टमार्टमकालागि अस्पतालमा लगिएको मगरले जनाए।
|
|
Post a Comment