Headlines News :
Home » » O.M.G आफ्नो यौवन सदाबाहार राख्न छ सय कुमारी युवतीको रगतले नुहाउने>>हेर्नुहोस

O.M.G आफ्नो यौवन सदाबाहार राख्न छ सय कुमारी युवतीको रगतले नुहाउने>>हेर्नुहोस

Written By news on Tuesday, 28 June 2016 | 00:48


असार;१४
 हंगेरीको इतिहासको पानामा संसारको शिर्ष महिला सिरीयल किलरको रुपमा नाम बनाउने एजिलाबेथ बाथरीको मृत्यु ४ सय वर्ष पुरा भइसकेको छ । हंगेरीको साम्राज्यमा बाथरी परिवारमा संबन्ध बनाउने एलिजाबेथले १५८५ देखि १६१० को समयमा स्लोवानियाको चास्चिसस्थित आफ्नो महलमा कम्तिमा ६ सयभन्दा बढी कुमारी केटी र महिलाको हत्या गरेकि थिइन् । उनी आफ्नो यौवन सदाबहार राख्न कुमारी केटीको रगतले नुहाउने जानकारहरु बताउँछन् ।युवतीहरुको हत्या गर्नुपुर्व बाथरी युवतीहरुमाथि दुव्र्यबहार गर्थिन । ती निर्दोष युवतीहरुलाई पिट्ने, अंगलाई जलाउने सामान्य कुरा हुन्थ्यो । करीब २५ वर्षसम्म बाथरीको बर्बरतापछि सन् १६०१ मा उनलाई पक्राउ गरियो उनको मृत्यु १६१४ अगस्ट २१ मा भएको थियो । तर यतिका वर्षवित्दापनि चास्चिसस्थित महल स्थानिय मानिसलाई पुरानै समयको यादले तर्साउछ ।एलिजाबेथ बाथरीको बारेमा भनिन्छ की उनी आफ्नो जवानी सदाबहार राख्नको लागि कुमारी युवतीहरुको रगतले नुहाउँथिन् । उनले आफ्नो ३ नोकरको सहयोगमा छ सय पचास भन्दाबढी युवतीको हत्या गरेको बताइन्छ । तर हत्याको संख्या भने पुष्टि भएको छैन । तर यदि रिर्पोट अनुसार ५ सयदेखि छ सयको बिचमा बताइन्छ । जुन बेला बाथरीलाई पक्राृउ गरिएको थियो उक्त समय महलमा कयौं युवतीको लास क्षतविक्षत रुपमा र केही जंजिरले बाधिएको अवस्थामा फेला परेको थियो ।
एलिजाबेथले १५८५ देखि १६१० को बिचमा यो अपराधलाई अन्तिम रुप दिएकी थिइन् । उनको विवाह फेरेंक नैडेस्डी नाम गरेका एक व्यक्तिसंग भएको थियो र उनी तुकोको विरुद्ध युद्धमा हंगेरी राष्ट्रको हिरो थिए । उनको श्रीमान हुँदापनि बाथरी युवतीहरुको हत्या गरिहरन्थिन् । तर १६०६ मा उनको श्रीमानको मृत्युपछि उनी झन आक्रमक भएकी थिइन् ।चास्चिसको वरीपरि गाउँमा लगातार युवतीहरु हराउन थाले । बाथरी मुख्य रुपमा किसान र गरीबलाई महलमा राम्रो पैशा दिने प्रलोभनमा ती युवतीहरुलाई लग्थिन् । जब गरीब गाउँका युवतीहरु कम हुँदै गए उनले धनी घरका युवतीहरुलाई आफ्नो शिकार बनाउन लागिन् ।

बाथरीको अपराधको जानकारी

१६१० मा हंगेरीको राजासम्म बाथरीसम्म पुग्यो तब उनले बाथरीको महलमा जाँच गराउन आफ्नो मानिस पठाए । त्यसपछि बर्षको अन्त्य डिसेम्बरमा एलिजाबेथलाइ उनको तीन नोकरसंगै पक्राउ गरियो । तर उनलाई राजघरानासँग नजिक भएका  कारण सजाय दिइएन । तर उनलाई महलमा कैद गरियो । चारवर्षपछि उनको मृत्यु १६१४ अगस्टमा भयो ।बाथरीकाृ जीवनमा कयौं किताव लेखिइसकेको छ । र केही चलचित्र पनि बनिसकेका छन् । सन् १८९७मा आयरल्याण्डका एक उपन्यासकार ब्राम स्टोकरले बाथरीको विषयबाट प्ररित भएर नै ड्र्याकुला उपन्यास लेखेको बताइन्छ । यही नाममा यो उपन्यासको चलचित्र पनि बनाइएको छ ।बाथरीप्रति मानिसको घृणा
चास्चिस शहरका बासिन्दा बाथरीको इतिहासमा घृणा गर्छन । हालै शहरको बीचमा जब बाथरीको मुर्ति लागाइएको थियो तब त्यसको निकै बिरोध भएको थियो । बासिन्दाहरुले भनेका थिए–‘ हामीलाई पुरानो कुरासंग कुनै मतलब छैन । हामीलाई थाहा छ की बाथरीले युवतीहरुको हत्या गरेकि थिइन् र हाम्रो लागि बाथरीको कुनै मुल्य छैन । हामी कयौंपटक महलको वरीपरि पार्टीको लागि रातभर बसेका छौं ।

स्रोत;एभरेस्ट दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger