Headlines News :
Home » » कुख्यात सिकारी यि हुन राजकुमार चेपाङ नेपाल कै पहिलो रेडकर्नर नोटिस जारी गरिएको मान्छे

कुख्यात सिकारी यि हुन राजकुमार चेपाङ नेपाल कै पहिलो रेडकर्नर नोटिस जारी गरिएको मान्छे

Written By news on Tuesday, 28 June 2016 | 01:29

कुख्यात सिकारी यि हुन राजकुमार चेपाङ नेपाल कै पहिलो रेडकर्नर नोटिस जारी गरिएको मान्छे जस्को अपराध ले नेपाल फेरी स्तब्ध भएको छ हेर्नुहोस...


चितवन–
दुर्लभ वन्यजन्तु एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले पनि १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उक्त सजाय सुनाएकाे हाे। गैंडा मारेमा हुने यो अधिकतम जेल सजाय हो। उनी इन्टरपोलको सहयोगमा मलेसियाबाट गिरफ्तार भएका व्यक्ति हुन्।
राजकुमारले २१ वटा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा चितवन निकुञ्जले पटक पटक गरेर उनीमाथि १९ वटा मुद्दा लगाएको छ।  जसमध्ये छवटा मुद्दा चितवन निकुञ्ज कार्यालयबाट फैसला भएको छ। नयाँ संविधानमा रहेको प्रवधान अनुसार निकुञ्जमा दर्ता भएका मुद्दा पनि फैसलाका लागि जिल्ला अदालत आउन थालेका छन्।

चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालका अनुसार गत माघ १७ गते चितवन निकुञ्जबाट अदालतमा सो मुद्दाको फाइल आएको थियो। मुद्दामा राजकुमारसहित ११ जना प्रतिवादी रहेकोमा एकजना मिलन बोटेलाई सात वर्ष कैद भएको छ। राजकुमारसहित अरु १० जनालाई १५ वर्ष कैद भएको सूचना अधिकारी बरालले बताए । राजकुमार भरतपुर जेलमा छन् ।


निकुञ्जले यसअघि फैसला गरेको  सवै छवटा मुद्दामा राजकुमारलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको छ । यो कैद र जरिवना वन्यजन्तु अपराधमा हुने सवैभन्दा धेरै सजाय हो। विसं २०६० सालबाट गैंडा मार्न सुरु गरेको राजकुमारको बयानका उल्लेख छ। ६७ सालको असोजसम्म २१ वटा गैंडा मारेर खाग बिक्री गरेको राजकुमारले बताएका छन्।


मुद्दामा संलग्न बयानमा खाग बिक्रीबाट ४०/४५ लाख रुपैयाँ कमाए पनि बचाउन नसकेको उल्लेख छ।  चितवन निकुञ्जमा राजकुमार विरुद्ध विसं २०६० सालको चैत्र १२ गते पहिलो पटक मुद्दा दायर भएको थियो। फरार रहँदै आएका राजकुमार ७१ साल माघ २६ गते मात्रै निकुञ्जको हिरासतमा आएका हुन्। योबीचमा उनलाई पक्राउ गर्न ठूलो कसरत चल्यो।

नेपालबाट फर्जी नागरिकता र राहदानी बनाएर मलेसिया पुगेका राजकुमारलाई पक्राउ गर्न इनटरपोलले रेडकर्नर नोटिस जारी गर्यो। उनी विरुद्ध ७० सालको कात्तिकमा नोटिस जारी भएको थियो। वन्यजन्तु अपराधमा रेडकर्नर नोटिस जारी भएको उनी पहिलो नेपाली हुन् । ७१ साल माघ १६ मा उनी मलेसियामा समातिए । त्यसको १० दिनपछि निकुञ्ज मुख्यालय कसरा ल्याइएका थिए।


अवैध रुपमा बेचबिखन हुँदै चीनमा जाने खागका लागि तस्करहरुले गैंडा मार्न निकुञ्ज आसपासका सोझा सर्वसाधरणलाई बढी उपयोग गर्ने गरेको देखिन्छ। राजकुमार सक्रिय रहेको समयमा चितवनमा गैंडा सिकार अत्याधिक हुने गरेको थियो। उनी मलेसिया लागेसँगै गैंडा सिकार निन्त्रणमा आएको छ ।

  नेपाल र भारतमा मात्रै पाइने एकसिंगे गैंडा लोप हुने अवस्थामा पुगेको दुर्लभ जनावर हो। यसको नाकमा हुने सिंग जस्तो बस्तु खागका लागि तस्करहरुले यसको सिकार गर्छन्।     गैंडा मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद अथवा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।

 चितवनको विकट गाउँ कोराक कालिखोलाका राजकुमारले विस २०६७ साल जेठ १० गते गोरखाबाट नागरिकता झिकेको अनुशन्धानबाट खुलेको छ । उनले भक्तराज गिरीको नामबाट गोरखाबाट नागरिकता लिएसँगै काठमाडौं पराराष्ट्र मन्त्रालयबाट ६७ सालकै जेठ २० मा राहदानी सोही वर्षको असोज २६ मा मलेसिया गएका हुन्।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger