|
|
एजेन्सी, १३ असार ।
२५ जुन, १९७५ को त्यो रात र तत्कालीन राष्ट्रपति फखरुद्दीन अली अहमतसामु एक लिखित प्रस्ताव आएको थियो । उक्त प्रस्तावमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको चार लाईन लेखिएको थियो । उक्त पत्रमा राष्ट्रपतिले दस्तखत गरेपछि सारा भारतीय जनताको अधिकार समाप्त भएको थियो ।
हजारौं मानिसको गिरफ्तारी यातनाका दिनहरु सुरु भएको थियो । त्यसबेला इन्दिरा गान्धीले देशमा संकटकाल लगाएका थिए
उक्त घटना भएको ४१ वर्ष वितिसकेको छ । त्यसबेला भागेर लुक्ने एक नेता नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भइसकेका छन् ।
सोही घटनाको बेला प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको धोलका गाउँको एक घरमा लुकेर बसेका थिए । उनी सन् १९७५ देखि १९७७ सम्म दुई वर्ष भूमिगत भएका थिए । त्यसबेला मोदी आरएसएसको कार्यकर्ता थिए । उनी भेष बदलेर विभिन्न गतिविधिमा सहभागी हुन्थे ।
मोदीले लुकेर राजनैतिक गतिविधि गरेको स्थानमा आज मन्दिर स्थापना भएको छ । सयोग खबर डबली
|
|
Post a Comment