Headlines News :
Home » » मलाई अस्ट्रेलियामा कसैले पक्राउ गर्ने बाला थिएन, राजदुतले त्यही भनेका थिएः प्रचण्ड ..

मलाई अस्ट्रेलियामा कसैले पक्राउ गर्ने बाला थिएन, राजदुतले त्यही भनेका थिएः प्रचण्ड ..

Written By news on Monday, 27 June 2016 | 02:11


असार १३  काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पक्राउको त्रासमा नभई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा आफुले अस्ट्रेलिया भ्रमण स्थगित गरेको स्पष्टीकरण दिएका छन् ।

अस्ट्रेलियामा पुष्पकमल दाहालबिरुद्ध मानवताबादी अपराधमा उजुरी पर्न लागेपछि भ्रमण स्थगित भएको चर्चा चलिरहेका बेला दाहालले आफु पक्राउको त्रास भन्दापनि आन्तरिक कारणले भ्रमण स्थगित गरेको बताए । जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण रद्द हुनुको कारण खुलाउँदै भने ‘मलाई अस्टे«यामा कसैले पक्रउ गर्ने वाला थिएन, तर यहाँ धेरै अनपेक्षितरुपमा धेरै चर्चा भयो ।’ प्रचण्ड एक साताका लागि अस्ष्ट्रेलिया भ्रमणमा जाने तयारी गरेका थिए ।

तर भ्रमणमा जाने समयभन्दा ठिक दुई घण्टा अघि मात्र उनको सचिवालयले स्थगित भएको सुचना जारी गरेको  थियो । प्रचण्डको भ्रमण स्थगित भएपछि द्धन्दकालिन घटनाका कारण उनी पक्राउ पर्ने आँकलन गरिएको थियो । ‘भ्रमणको तयारी हुनुभन्दा पहिले मैले अस्टे«लियाका राजदुतसँग भेटेको थिएँ’ प्रचण्डले भने ‘उनले केही हुँदैन जानु परयो भन्दै थिए, तर मैले आन्तरिक कारणले भ्रमण स्थगित गरेको हुँ ।’

पार्टीको आन्तरिक कारण, राजनीतिक घटनाक्रम हेर्दा पनि एक हप्ता विदेश बस्नु उपयुक्त हुन्न भन्ने लागेर आफुले स्थगित गरेका दाहालले बताए । प्रचण्डले आफ्नो भ्रमण तय हुनुभन्दा पहिले राजदुतसँग सल्लाह गरेका र राजदुतले अस्ट्रेलियन सरकारसँग सल्लाह गरेका बताए । ‘उताबाट केही छैन आउनुस भन्ने थियो, तर यहाँ चर्चा अर्के भयो’ उनले भने ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger