|
|
दमौली –
पोखरादेखि वीरगन्जतर्फ जाँदै गरेको ना५क ६४२७ नम्बरको यात्रुवाहक बस घाँसीकुवा–१ बेलवासमा पल्ँिटदा १६ जना यात्रु घाइते भएका छन् । आज बिहान भएको घटनाका घाइतेलाई डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा आइसकेकोले अनुसन्धान भइरहेको बताइएको छ ।
|
|
Post a Comment