Headlines News :
Home » » मलाला यूसुफजाई: आहिले सबैभन्दा कम उमेरकी करोडपति बनिन्..

मलाला यूसुफजाई: आहिले सबैभन्दा कम उमेरकी करोडपति बनिन्..

Written By news on Thursday, 30 June 2016 | 03:49


काठमाडौं, १६ असार ।
पाकिस्तानकी मलाला यूसुफजाईको नाम नसुन्ने सायद कोही छैनन् । सामाजिक अभियन्ता भएर विश्वभर ख्याती कमाएकी मलाला अहिले सबैभन्दा कम उमेरकी करोडपति बनेर चर्चामा आएकी छन् ।

बालिका तथा महिला शिक्षाको वकालत गरेको भन्दै उनलाई तालीवानले सन् २०१२ मा गोली हानिदिएपछि उनी निकै चर्चामा आएकी थिइन् । सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जिते लगत्तै उनी सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार जित्ने व्यक्ति बन्न पुगेकी थिइन् ।

मलालाको आत्मवृत्तान्त ‘ आई एम मलाला’ पनि लेखेकी छन् भने कैयौं अन्तराष्ट्रिय फोरममा पनि भाषण गरिसकेकी छन् । मलालाको परिवार अहिले बेलायतको बर्मिङघममा बस्दै आएको छ भने उनी अहिले आफ्नो अध्ययनमा व्यस्त रहेकी छन् ।

आफ्नो किताव र भाषणबाट करोडौ कमाएर पाकिस्तान मुलकी सबैभन्दा सानो उमेरकी करोडपति बनेपछि उनको चर्चा फेरि हुन थालेको छ । मलालाले अहिले करीव ३५ करोड रुपैया कमाएको समाचर माध्यमले जनाएका छन् ।





Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger