Headlines News :
Home » » मेलम्चीको सुरुङबाट चिनिया कम्पनि भागे पछी ..

मेलम्चीको सुरुङबाट चिनिया कम्पनि भागे पछी ..

Written By news on Thursday, 30 June 2016 | 04:03

मेलम्चीको सुरुङबाट चिनिया कम्पनि भागे पछी काठमाडौँको बासिन्दाको मेलम्चीको पानी पिउने सपना सपनामै सिमित रह्यो हेर्नुस

१६ असार काठमाडौं -
 मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण २००१ देखि २००७ सम्म कुनै काम भएन । आयोजनाको मुख्य काम सुरुङ खन्ने भए पनि यो अवधिमा बाटो र पुल बनाउने जस्ता काम भए ।
स्थानीयका नाममा यसलाई मेलम्चीलाई सुनको अण्डा पार्ने कुखुरा बनाउने काम भयो । सन् २००७ मा एडीबीको प्रोजेक्टको समय नै सकियो । एडीबी फर्किएर जान्छ भने जाओस् तर, हामी कुनै पनि शर्त मान्दैन भन्ने सोच पनि आएको थियो । तर, त्यो हुन सक्दैथ्यो किनभने सहायक कामका लागि नधेरै बजेट खर्च गरिसकेका थियौं र, अब आयोजनाको मुख्य काममा भने एडीबीको सहयोग लिन्नौं भन्न सकिँदैनथ्यो । ज्ञानेन्द्र शाहको शाही शासनकालमा काठमाडौं उपत्यका खानेपानी बोर्ड गठनका साथै केयुकेएल स्थापनासहितका तीनवटा ऐन अध्यादेशमार्फत आए ।

एडीबी पनि आयोजना अघि बढाउन तयार भयो । र, आयोजनाको पुनर्संरचना गरियो । सुरुङ खन्न एउटा र काठमाडौंमा पाइप लाइन विस्तारका लागि अर्को कार्यालय मेलम्ची-२ खडा भयो । ४६४ मिलियनको प्रोजेक्ट भए पनि स्रोतको अभावमा ३१७ मिलियनको खाका तयार भयो । त्यसमा एकपटक मात्रै गर्न सकिने कामका लागि पूरै बजेट राख्ने र पछि फेरि गर्न सकिने कामलाई चरणवद्ध गर्ने समझदारी भयो । त्यसअनुसार पाइप विस्तारका लागि करिव ६८ र सुरुङका लागि २४९ मिलियन डलर रकम छुट्याइयो । एडीबीको सहमतिमा सुरुङ निर्माण निर्माणका लागि सन् २००८ बाट मेलम्चीमा टेण्डर आहृवान भयो र चाइना रेलवे कम्पनी छनौट पनि भयो । उसले ४ वर्षमा काम सक्नुपर्ने थियो ।

पहिलो महिना राम्रै काम गरेको थियो । तर, त्यो धेरै समय रहन सकेन । ‘चिनियाँ कम्पनीले काम गर्न नसक्नुको कारण उपकरण नल्याएर नै हो, उपकरण भएको भए चिनियाँहरु काम नगर्ने मान्छे होइनन्’ मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराईले अनलाइनखबरसँग भने । अवस्था यस्तो आयो कि चिनियाँ ठेकदार कम्पनी काम नै छाडेर हिँड्यो, जतिबेलासम्म उसले ५ किलोमिटर जति सुरुङ खनेको थियो । चिनियाँ कम्पनीले आफू घाटामा परेको भन्दै थप बजेट बढाउन माग्यो । तर, नेपाल सरकारले दिएन । त्यतिबेलाको स्थिति सम्झँदै पूर्वसचिव किशोर थापा भन्छन्, ‘मैले चिनियाँ ठेकेदारलाई नछो्ड्न सम्झाएँ । तिम्रो समस्या हेर्छौं, कामको गति बढाउ भनेको थिएँ । तर, कम्पनीबाट ठेक्का तोड्ने पत्र आयो ।’ थापाका अनुसार चिनियाँ कम्पनीको गुनासो थियो कि फिनल्याण्डको कन्सल्ट्याण्टले समस्या बुझेन र दुःख दियो ।

अन्तिममा उसले पैसा पनि पुगेन, बढाइदेऊ भन्यो । कुलेखानी तेस्रोको उदाहरण दिएर चिनियाँ कम्पनीले प्रधानमन्त्री, मन्त्रीदेखि शक्ति केन्द्रहरुमा धायो पनि । र, २०१२ सेप्टेम्बरमा छोडेेर हिड्यो । थापाका अनुसार चिनियाँ कम्पनीले ठेक्का तोडेर जानु नेपालका लागि सुखद बन्यो । उनले भने, त्यो बसिरहेको भए काम त हुने थिएन, फकाई फुल्याई गर्दा अलि अलि त हुन्थ्यो होला । तर, ढिला हुन्थ्यो । थापा भन्छन्-उसको काम गर्ने तौरतरिका पनि आधुनिक प्रविधिअनुसार थिएन ।

चिनियाँ कम्पनीले छाडेर गएपछि सरकारले ठेक्का रद्द गर्ने निर्णय गर्‍यो । यो निर्णय गर्दैगर्दा नेपाली अधिकारीहरुलाई नेपालस्थित चिनियाँ दूताबासले के गर्ला भन्ने ठूलो डर थियो । किनभने उसले चाहेको अनुसार हुनसक्थ्यो र उसले नेपाललाई दबाव दिन सक्यो । तर, चिनियाँ दूताबासले दबाव दिएन र उसले यो तिमीहरुको व्यवसायिक प्रोजेक्ट हो, आफ्नो अनुकुल गर भन्यो । चिनियाँ कम्पनी हिँडेपछि मेलम्चीको नयाँ कथा सुरु चिनियाँ ठेकेदार कम्पनी ठेक्का तोडेर हिँडेपछि सुरुमा त मेलम्ची नबन्ने पो हो कि भन्ने आशंका थियो । आयोजनाको लागत पनि बढ्यो । जुन कारणले चिनियाँ कम्पनीले काम गर्न सकेको थिएन, त्यो पक्ष सुधार्न आवश्यक थियो । त्यो भनेको डिजाइन सच्याउनु थियो । तर, सबै प्रक्रिया मिलाएर नयाँ ठेक्का आहृवान भयो । ५ वटाको ठेक्का परेकामा ३ वटा कम्पनीहरु फेल भए ।

अन्तिममा चिनियाँ कम्पनी सीएनसी र इटालियन कम्पनी सिने हाइड्रोवीच प्रतिस्पर्धा भयो । तत्कालीन भौतिक सचिव थापा भन्छन्, घुमाइफिराई फेरि चिनियाँ कम्पनी सीएनसीकै पक्षमा ठेक्का पर्छ कि भन्ने ठूलो डर थियो । तर, इटालिनय कम्पनीले ७ अर्ब र चाइनिज कम्पनीले १० अर्ब प्रस्ताव गर्‍यो । स्वभाविक रुपमा कम प्रस्ताव भएको इटालियन कम्पनी सिने हाइड्रोले ठेक्का पायो । ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया अघि बढाउँदा १ वर्ष मेलम्चीको काम हुनै सकेन । इटालियन कम्पनी पनि उस्तै इटालियन कम्पनी निकै पुरानो थियो । १०० वर्षभन्दा बढी पुरानो कम्पनी भएकाले यो राम्रो कम्पनी हो भन्ने नेपालको बुझाइ थियो । र, उसले लेखेको प्रपोजल निकै राम्रो थियो । मेलम्चीका प्रमुख भट्टराई भन्छन्, यहाँ के लेखेको छ भनेर पढेर मात्र काम गर्ने हो भने पनि मेलम्ची आयोजना बन्छ भनेर हामीे भनेका थियौं ।’ तर, इटालियन कम्पनी पनि उस्तै रहृयो । उसले चिनियाँ कम्पनीले १० अर्ब अर्थात ३ अर्ब १८ करोड बढीको प्रस्ताव गरेको थाहा पाएपछि मेरो त पैसा कम भयो भन्दै काम थालेन । अवस्था के सम्म आयो भने एड्भान्स लिएको ९० दिनपछि त्यो रकम केमा प्रयोग गर्‍यो भनेर पत्र लेख्नुपर्‍यो । यदि नेपालले एड्भान्स फिर्ता लियो भने उसलाई ठूलो क्षति हुनसक्थ्यो ।

यो डरपछि इटालियन कम्पनीले सामान खरिद गर्‍यो र मार्चबाट काम थाल्यो । तर, प्रोजेक्ट म्यानेजर नेपाली अधिकारीहरुकै शब्दमा खराब पठायो । यतिसम्म कि उसले नेपालीसँग होइन, एडीबीका अधिकारीहरुसँँग झगडा गर्‍यो । ठेकेदारले प्रधानमन्त्री, राष्ट्रपतिदेखि नेताहरुको घर दैलो चहार्न र आफ्नो पहुँच देखाउन थाले । जे गर्दा पनि नभएपछि ऊ आफैं काममा फर्कियो । झण्डै एक वर्षमा उसले झण्डै ७ हजार मिटर जत्ति टनेल खन्यो । तर, गत वैशाखमा गएको विनाशकरी भूकम्प र नाकाबन्दीले एक बर्षसम्म काम हुनै सकेन । पूर्वसचिव थापा भन्छन्, त्यत्रो भूकम्पले मेलम्चीको सुरुङ्गमा कुनै क्षति नहुनु नेपालका लागि सबैभन्दा ठूलो कुरा हो । भूकम्पपछि २ अढाइ महिनासम्म कोही छिर्न मानेन । पछि चेकजाँच गरेर सुरक्षित छ भन्ने निष्कर्ष निकालेर काम हुन थाल्यो । लगत्तै नाकाबन्दीले असर गर्‍यो ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger