Headlines News :
Home » » किन पच्दैन कुकुरलाई घिउ ?

किन पच्दैन कुकुरलाई घिउ ?

Written By news on Thursday, 30 June 2016 | 03:46


भलो गर्दागर्दै पनि कुभलो नै चिताइरहने स्वभावका व्यक्तिलाई इंगित गर्ने एउटा नेपाली भनाइ छ– कुकुरलाई घ्यु नपचेको । त्यसो त कुकुरले घ्यु राखेको चिल्लो खाना खासै रुचाउादैन पनि । हड्डी कोपर्ने कुकुरलाई धेरै चिल्लो खुवाउन नहुने पनि बताइन्छ ।
पशुचिकित्सकहरू कुकुरको पाचनक्रिया पनि मानिससाग मिल्दोजुल्दो हुने बताउाछन् । हल्काफुल्का चिल्लोले खासै असर नगरे पनि घ्यु या बढी चिल्लोयुक्त खाना खुवाउादा कुकुरलाई रोगको खतरा हुने बताउाछन्, पशुचिकित्सक डा. अर्जुन अर्याल :

पाचनक्रियामा असर
कुकुरलाई घ्यु नै नपच्ने भन्ने होइन । मान्छे र कुकुरको पाचन सिस्टम लगभग एउटै हुन्छ । तर, धेरै नै चिल्लो भने कुकुरलाई ठीक होइन । चिल्लो खाना सकेसम्म नखुवाएकै ठीक हुन्छ । घ्यु मात्रै होइन, बोसोयुक्त बढी चिल्लो मासुले पनि कुकुरको पाचनक्रियामा समस्या निम्त्याउने खतरा हुन्छ । प्यान्क्य्राटाइटिसको समस्या हुनसक्छ ।

छालारोग
जिंक, ओमेगा थ्री, ओमेगा ६, फ्याटी एसिड कुकुरको छालालाई चाहिने तत्त्व हुन् । कुकुरको शरीरमा यस्ता तत्त्वको अभाव भयो भने छालामा विभिन्न रोग निम्तिने गर्छन् । चिल्लो धेरै खुवायो भने पाचनक्रिया कमजोर भएर आवश्यक तत्त्व कुकुरले शरीरमा लिन पाउँदैन । धेरै चिल्लो खुवाए कुकुरको छालामा रोग निम्तिने, रौँ झर्ने तथा झुम्रे हुने हुन्छ ।
कलेजोमा समस्या
बढी फ्याट भएको खानाले कुकुरको लिभर (कलेजो)मा समस्या हुन्छ । बोसोयुक्त खानाले कुकुर आवश्यकताभन्दा बढी मोटाउने र कलेजोका रोग निम्त्याउने सम्भावना बढी हुन्छ । कुकुरलाई वेटअनुसार खानामा चिल्लोको मात्रा मिलाएर खुवाउनुपर्छ ।

मुटुरोग
कम्पाउन्डमा घेरेर राखिएको कुकुरलाई चिल्लो खाना बढी खुवाउँदा मुटुसम्बन्धी समस्या निम्तिने खतरा रहन्छ । कम्पाउन्डमा कैद कुकुरको शारीरिक कसरत कम हुन्छ र चिल्लो पचाउन सक्दैन ।

यस्तो खाना खुवाउने
फ्याट कम भएको खाना कुकुरलाई उत्तम हुन्छ । लो डेन्सिटी लिपिट कोलेस्ट्रोलयुक्त खुवाउनुपर्छ । मासु पनि ब्वायल्ड गरेर खुवाउनु ठीक हुन्छ । चिल्लो कत्ति पनि खुवाउनै हुन्न भन्ने होइन, तर कुकुरको वेटअनुसार चिल्लोको मात्रा मिलाउन सक्नुपर्छ । कुकुरले कसरत कत्तिको गरेको छ भन्ने कुराले पनि चिल्लो कति खुवाउने भन्नेमा भर पर्छ । सहरिया घरमा पालिएका तथा खेल नखेलाइने कुकुरलाई चिल्लोयुक्त खाना नखुवाउनु नै राम्रो हुन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger