Headlines News :
Home » » यसरी लियो चिनिले भारतसंग नेपालको बदला..

यसरी लियो चिनिले भारतसंग नेपालको बदला..

Written By news on Tuesday, 14 June 2016 | 00:32

भारतीय भूमीमा चिनियाँ सेनाको एउटा जत्था नै छिरेर भारतीय भूमिमा तीन घन्टासम्म बसेको छ। नेपालले भारतबाट सीमा अतिक्रमण भइरहेको बताइरहँदा भारतले त्यसको ठीक विपरित चीनले आफ्नो भूमि मिचिरेहको गुनासो गरिरहेको छ। भारतले चीनबाट आफ्नो भूमि मिचिरहेको लगातार गुनासो गरिरहेका बेला चिनियाँ सेनाको एउटा जत्था नै भारतीय भूमिमा छिरेको हो।


भारतको अरुणान्चल प्रदेशमा चिनियाँ सेनाको २ सय ५० जनाको जत्था तीन घन्टासम्म भारतीय भूमिमा हतियारसहित बसेर फर्केको हो। चिनियाँ सेनाले आफ्नो भूमिमा तीन घन्टासम्म कब्जा जमाउँदा पनि भारतीय सेनाले प्रतिकार गर्न सकेन।केही भारतीय सञ्चारमाध्यमहरुले भारतीय सेनाको प्रतिरोधपछि चिनियाँ सेना आफ्नो भूमिमा फर्केको दाबी गरेका छन्।

भारतीय रक्षामन्त्रालयलाई उधृत गर्दै लेखिएको समाचार अनुसार चीनका करिब २ सय ५० जना हतियारधारी सैनिक ९ जुनमा भारतीय भूमिमा आएका थिए। चारवटा समूहमा बाँडिएर भारतीय भूमिमा पसेका यी चिनियाँ सैनिक तीन घन्टासम्म बसेका समाचारमा जनाइएको छ। तीन घन्टासम्म आफ‍्नो भूमिमा बसेका चिनियाँ सैनिक भारतीय सैनिको विरोधपछि फर्केको केही भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

चिनियाँ सैनिकको जत्था भारतीय राष्ट्रपति प्रणब मुखर्जीको चीन भ्रमणको १५ दिनभित्रमा भएको हो। समाचार अनुसार भारतीय उत्तर-पश्चिमी नाकामा चिनियाँ सैनिकको समूह नै यो वर्ष पहिलो पटक भारतीय सीमाना अतिक्रमण गर्दै छिरेको हो। भारतीय रक्षामन्त्री मनोहर पर्रिकरले तीन दिनअघिमात्रै मोदी सरकारको नीतिका कारण चीनको तर्फबाट आफ्नो सीमाको अतिक्रमणको घटनामा कमी आएको दाबी गरेका थिए।

यसका अलावा यो घटना अमेरिकाको सहयोगमा भारत प्रतिष्ठित परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) मा सामेल हुने कोशिसमा लागिरहेका बेला हुन पुगेको छ। भारतको यो कदमको भने चीनले कडा बिरोध गरिरहेको छ। भारतीय सेनाका एक उच्च अधिकृतका अनुसार चीनसँग जोडिएको सीमानाको अझै निर्धारण नगरिएका कारण कयौं पटक चीनका सैनिक भारतीय भूमिमा आएर बस्ने गरेका छन्।

तर भारतीय सैनिकको विरोधपछि उनीहरु आफ्नै भूमिमा फर्कने गरेको उनको भनाइ छ चीनले लगातार अतिक्रमण गरेको भन्दै भारतले अरुणाचलको याङ्गत्सेमा आफ्नो सैनिकको ठूलो डप्फा तैनाथ गरेर राखेको छ।अरुणाचल प्रदेशस्थित लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोलमा चिनियाँ सैनिकसँग भारतीय सैनिकको प्रायजसो आमनेसामने हुने गरेको छ।यसअघि कयौं पटक चिनियाँ सैनिक भारतीय भूमिमा आइसकेका छन्।

भारत र चीनबीच ४ हजार किलोमिटर लामो सीमाक्षेत्रमा विवाद रहेको छ।चीनले भने केबल २ हजार किलोमिटर सीमाक्षेत्रमा मात्रै विवाद रहँदै आएको दाबी गरेको छ। यी दुई देशबीचको विवादको अर्को मूख्य कारण कश्मिर पनि हो।यसको मूख्य कारण भनेको पाकिस्तानले आफ्नो कब्जामा रहेको कश्मीरबाट अक्साई चीनको भूभागलाई चीनलाई नै सुम्पिदिनु पनि हो।

यस मुद्दामा दुबै देशबीच १८ पटक वार्ता भइसकेको छ।तर कुनै परिणाम निस्कन सकेको छैन। चीनसँग भारतको सीमा विवाद ६४ वर्ष पुरानो हो।यसको सबैभन्दा ठूलो कारण भनेको अन्तर्राष्ट्रिय नाकाबारे प्रष्ट नहुनु हो।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger