Headlines News :
Home » » दश चिनियाँ नागरिकलाई १७ जून सम्ममा भारत छाड्न आदेश..

दश चिनियाँ नागरिकलाई १७ जून सम्ममा भारत छाड्न आदेश..

Written By news on Tuesday, 14 June 2016 | 00:18

काठमाडौं, ३२ जेठ । भारतको ओडिसा सरकारले १० चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिएको छ । अडानी समूहको एक कम्पनिमा कार्यरत चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिइएको हो ।
चिनियाँ नागरिकहरुलाई भारत छाड्न १७ जून अर्थात् साउन ३ गतेसम्मको समय दिइएको बीबीसीले जनाएको अनलाईन खबरले लेखेको छ ।

ओडिशाका गृह सचिव असित त्रिपाठीका अनुसार यो आदेश भारतको केन्द्र सरकारको निर्देशनअनुसार दिइएको हो किनकी चिनियाँ नागरिक कार्यरत स्थान ‘व्हीलर आइल्याण्ड’ अर्थात् एपीजे अब्दुल कलाम टापूको नजिकै छ, जसलाई भारतको संवेदनशील सुरक्षा प्रतिष्ठान मानिन्छ । भद्रकभन्दा १५ किलोमिटर टाढा रहेको यस टापुबाट आकाश, अग्नि, धनुष र पृथ्वी जस्ता मिसाइलको प्रक्षेपण गरिन्छ ।

भारत सरकारका अनुसार अडानी ग्रुपको धर्ना पोर्ट कम्पनिको विस्तारीकरण परियोजनामा १९ जना चिनियाँ नागरिकहरु काम गरिरहेका छन् । उनीहरु सबै व्यावसायीक भिसामा भारत आएका हुन् जबकी कामदारको भिसा हुनुपर्दथ्यो ।

गृहसचिव त्रिपाठीले पत्रकारहरुसँग भने चिनियाँ नागरिकहरुलाई भारत छाड्ने आदेश भद्रक प्रही अधीक्षक निहार रञ्जन दासमार्फत् पठाइएको छ ।

दासका अनुसार भारत छाड्न आदेश दिइएकामध्ये दुई चिनियाँ नागरिकहरु सम्पर्कविहीन छन् । उनीहरुको खोजी जारी रहे पनि कुनै सुराक नपाइएको प्रहरीको भनाइ छ ।

भारतीय अधिकारीका अनुसार जुन कम्पनीमा चिनियाँ कामदारहरुले काम गरिरहेका छन् सो कम्पनि थाइल्याण्डको हो । सो कम्पनि भारतमा अडानी ग्रुपका लागि काम गरिरहेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger