सलमान खान की प्रेमिका लूलिया वंतूरले सलमान एक्ट्रेस डेजी शाह संग नजिकिनुमा चिन्ता व्यक्त गरेकी छिन्। यस बारेमा लूलियाले सलमानको परिवार संग कुरा पनि गरेकी छिन्। एक रिपोर्टको अनुसार खान परिवारका सदस्यहरुले सलमान र उनकी बहिनी अर्पितालाई डेजी संग टाढा रहने सल्लाह दिएका छन्। यस बारेमा एक्ट्रेस डेजी शाह संग कुरा गर्दा उनी अचम्ममा परेकी छिन्। डेजी ने आफु लुलियाको नभई सलमानको साथी भएको भन्दै लूलियाले आफ्नो बारेमा जे सोचेपनि उनलाई केही फरक नपर्ने बताएकी छिन्। डेजी संग सलमान र लुलियाको विवाहकोप्रसंग उठाउंदा उनले सलमान र उनी असल मित्र रहेको बताउंदै उनीहरुबिच व्यक्तिगत कुरा नहुने बताएकी छिन्। फिल्म ‘जय हो’ मा एकसाथ काम गरेकी डेजी लाई सलमानले मार्चमा एक लग्जरी कार गिफ्ट गरेका थिए।चर्चामा आएअनुसार डेजी शाह सलमानको घरमा आउनेजाने क्रमपनि रोकिएको छ।यसअघि सलमानको घरमा हुने हरेक कार्यमा अरु साथी तथा परिवारको सदस्य सरी उनीलाई पनि बोलाइने गरिन्थ्यो तर अहिले लुलियाले डेजी सलमान संग नजिक भएको नरुचाहेका कारण खान परिवारले सलमानलाई डेजी संग टाढा रहन भनेका छन्।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment