|
|
जहाज ल्याउने विषयमा मन्त्रिपरिषद्का अधिकांश सदस्यहरु सकारात्मक रहेको र आफूहरु प्राविधिक विषयमा जहाज निर्माण कम्पनीको लिखित प्रतिवद्धताको पर्खाइमा रहेको नागरिक उड्डयनमन्त्रीले बताए।
अनुदानका दुईवटा जहाज ल्याएर प्रयोग गरिरहेको सरकारले खरिद गर्ने भनिएका जहाजको ६० प्रतिशत रकम भुक्तानी गरिसकेको छ। सम्झौता बमोजिमको जहाज निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले जहाज तयार भएको भन्दै करिब १ वर्ष अघिदेखि नै नेपाली पक्षलाई लिन आउन भनिरहेको अधिकारीहरुले बताएका छन्।
अनुदानमा दुईवटा जहाज ल्याएर हाल प्रयोग गरिरहेको नेपाल वायुसेवा निगमले भने प्रविधिक सुधार नभएसम्म थप जहाज ल्याउन नहुने अडान राखिरहेको छ। जसका कारण त्यसबारेमा निर्णय गर्नुपर्ने अधिकारीहरु अन्योलमा परेको बताइन्छ।
मन्त्रालयस्तरमा निर्णय गर्न नसकेपछि निर्माण गरिएका जहाजको अध्ययन गरेर प्राविधिक समितिको प्रतिवेदनसहित निर्णयका लागि मन्त्रिपरिषद्मा पठाइको करिब ३ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पनि कुनै निर्णय गर्न सकेको छैन। तर अब त्यसबारे छिट्टै निर्णय हुने नागरिक उड्डयनमन्त्री आनन्द पोख्रेलले बताए।
|
|
Post a Comment