Headlines News :
Home » » सावधान ! यी १० व्यवहार भएका ब्यक्तिको साथ तुरुन्त छाडिदिनुस्..

सावधान ! यी १० व्यवहार भएका ब्यक्तिको साथ तुरुन्त छाडिदिनुस्..

Written By news on Friday, 10 June 2016 | 01:52

आजको दुनियाँमा हामीलाई मानिसहरु चिन्न निकै नै मुस्किल पर्छ । कसको मनमा के छ बुझ्न सकिदैन । जसको कारण हामीले पाइला पाइलामा धोका खाइरहेका हुन्छौं । यस विषयमा केही कुरामा मात्रै हामीले ध्यानदिने हो भने हामी धोकाबाट बच्न सक्छौं ।

निम्न अनुसारको व्यवहार यदि तपाईले साथी मार्फत पाउनु भएको छ भने तुरुन्तै टाढा हुँदा राम्रो हुन्छ ।

१.प्रत्यक्ष अप्रत्यक्ष आफ्नो गुनगान गाउँने मान्छे देखि टाढा रहनुुुस् । उसको महत्वकांक्षाले तपाईलाई हानी पुग्न सक्छ ।

२. धनको पछि मात्र कुद्ने मानिस देखि सर्तक रहनुस् । धनको आँखा अन्धो भएकाले त्यस्ता मानिसले तपाईलाई जेपनि गर्न सक्छ ।
३. त्यस्तै चाणक्यका अनुसार धन हुने तर गुणविहिन ब्यक्तिको साथपनि तुरुन्तै छोडिहाल्नु पर्छ । पैसा हुने गुण नहुने मानिसपनि तपाईको लागि खतरनाक बन्न सक्छ ।

४. दाँयाबायाँ केही नहेरी जुनसुकै काम गर्न उक्साउँने साथी देखि टाढा हुनुहोस् । त्यस्ता व्यक्तिले तपाईलाई कुनैपनि समय बर्बात गरिदिन सक्छ ।
५.आफ्नो मात्रै कुरा गरिरहने अरुको कुरा एक शब्द पनि सुन्ने धैर्य नराख्ने देखि तुरुन्तै टाढा हुनुहोस् ,  त्यस्तो व्यक्तिले तपाइृको समयमात्र नष्ट गरिदिन्छ ।

६. विनाकारण झगडा मात्र गर्न तम्सिने मुर्खको संगतमा तपाई एक मिनेटपनि नबस्नुस् । भनिन्छ मुर्ख मित्रको संगत गर्न भन्दा विद्धान शत्रुको संगत गर्नु जाति । त्यसैले बुद्धीमान मानिसको साथ रोज्नुहोस् मुर्खलाई आफ्नो बाटो लाग्न दिनुहोस् ।

७. झुटो बोल्नेसँग १ मिनेटपनि नबस्नुहोस् । त्यस्ता झुटो बोल्नेले तपाईलाई कुनैपनि बेला बेचिदिन सक्छ ।

८. कुलतमा फँसेको व्यक्तिसँगको संगत तुरुन्तै छाडिदिनुस् उसले तपाईको परिवार र धन दुबै नष्ट गरिदिन सक्छ ।

९. सुन्दरीको पछि लाग्ने व्यक्तिसँगको संगतपनि तपाईकालागि हानीकारक हुनसक्छ । त्यस्ता व्यक्तिले तपाईको सामाजिक प्रतिष्ठा ध्वस्त पार्न सक्छ ।

१०.राजनैतिक पार्टी चाहार्दै हिड्नेसँग सतर्क रहनुस् त्यस्ता मानिस अस्थिर र स्वार्थी दुबै हुन्छन् त्यस्ता व्यक्तिले तपाईलाई उपयोग गरि उ आफू माथि चढिरहेको हुन्छ, जुन तपाईले तुरुन्तै थाहा पाउनु हुन्न । जति बेला थाहा पाउनु हुन्छ त्यतिबेला तपाई बर्बाद भइसक्नु भएको हुन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger