|
|
मेरो ड्याडीले सानैबाट संगीत सिकाउँदै आउनु भयो । उहाँ आफैँ ‘म्युजिक टिचर’ हुनु भएकाले मैले सानै देखि संगीतको वातावरण पाएँ । ११ वर्षको उमेर देखि मैले संगीत सिक्न थालेँ । उहाँसँगै मैले संगीत सिकेँ र उहाँकै निर्देशनलाई पछ्याएर अहिलेसम्म संगीत क्षेत्रमा लागिरहेकी छु । मेलिना राई छोटो समयमै ह्वात्तै चर्चामा आइन भन्ने कुरा मैले पनि सुनिरहेको छु । मलाई सोध्नेहरुले त्यसरी सोधिरहेका हुन्छन् । तर त्यसो होइन । मैले सानैदेखि ‘क्लासिक म्युजिक’ पनि सिकेँ ।
सात आठ वर्षको उमेरदेखि नै मैले गाउँदै आएकी छु । म १२ वर्षकी हुँदा मैले ‘रेकर्डिङ’ सुरु गरेको हो । गीत गाउँदै आउने क्रममा अहिले ‘वेल नन’ हुन पुगेँ । मान्छेले चाहिँ छोटो समयमा मेलिना अगाडि आयो भन्नु हुन्छ । उहाँहरुलाई मेरो पृष्ठभूमि थाहा नभएर हो । म ह्वात्तै, चाँडै, छोटो समयमै अगाडि आएको भन्नु हुन्छ । हेर्नेहरुको नजरमा यो कुरा जायजै पनि होला ।
म्युजिकमा मेरो ‘डेडिकेशन’ अगाडि कै हो । गीत गाउँदै जाने क्रममा ‘राम्रो गीत’ ले चर्चा पायो । प्रचार प्रसार भयो । मेलिना राई भनेर मान्छेहरुले चिन्नु भयो । त्यसरी पो हो कि । पहिले मैले कलेक्सन एल्बमहरुमा चान्स पाउँथेँ । नयाँ आर्टिस्टका रुपमा अरुले चान्स दिनुहुन्थ्यो । मेरो आफ्नो ‘प्रोजेक्ट’ त्यतिबेलासम्म थिएन । २०६५ मा डक्टर किरात, भूपाल राई, बिक्रम कार्कीहरुले मलाई सिफारिस गर्नु भयो र मलाई राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा लिइयो । त्यहाँ म ‘फस्र्ट’ भएँ । त्यो मेरो पहिलो उपलब्धी थियो ।
पहिलो एल्बम बहार
मेरो आफ्नो प्रोजेक्ट भने भर्खर सुरु गरेकी छु । एक वर्ष भयो मेरो पहिलो एल्बम बहार आएको । अहिले दोस्रो एल्बमको तयारी गरिरहेकी छु । पहिले अरुकै प्रोजेक्टमा काम गरेँ । यसको प्रतिक्रिया राम्रो आएको छ । मैले एउटै गीतलाई मात्र प्रमोट गरेँ । अरु गीतहरु चाहिँ अडियो मै छ । मिडियाको माध्यमबाट प्रचार प्रसार भयो र युट्युबमा समेत लगाएँ । मैले प्रमोसन गरेको गीतको प्रतिक्रिया धेरै राम्रो आएको छ । अरु भिडियो बिस्तारै बनाउने प्रयासमा छु । धेरै हतार गर्नु पनि हुन्न भन्ने लागेको छ । अरु बाँकी गीतहरुलाई पनि प्रमोसन गर्ने सोचमा छु ।
एक सय पचास गीत गाएँ
मैले अहिलेसम्म एक सय पचास बढी गीत गाएकी छु । गाउने क्रम मै छु । मेरो गीतहरु युट्युबमा थुप्रै छन् । सबै भन्दा अगाडि युट्युबमा लगाएको गीत ‘छाडी जाने भए जाउ मायालु’ बोलको गीत हो । अडियोको प्रमोसनका लागि लिप्सिङ भिडियो बनाएर हालिएको थियो । त्यो भन्दा अगाडि युट्युबमा मेलिना राई सर्च गर्दा केही पनि पाउनु हुन्न थियो । पछि भिडियो बढ्दै गयो र म चिनिँदै गएँ । तर देशविदेश, गाउँशहर र कुनाकन्दरा तिर चिनाउने गीत भनेको ‘कम्मर माथि पटुकी’ नै हो । यही गीतका माध्यमबाट नेपाल र नेपाल बाहिर पनि चिनिएकी छु ।
तर अन्य गीतहरु पनि छन् । मैले चलचित्र ‘नोभेम्बर रेन’ मा पनि गाएकी थिएँ । संगीतकार तारा प्रकाश लिम्बूले मलाई फस्र्ट ब्रेक दिनु भएको थियो । ‘तिमीलाई म के भनूँ’ भन्ने गीत राम्रो गीत भएर पनि मेरो खासै चर्चा भएन । गीत अत्यन्त रुचाइयो । तर यो गीतमा मेलिना राईको पनि गायकी छ भन्ने कुरा चलेन । ट्रेङ्गुलर लभ स्टोरीमा आधारित त्यो गीत मैले, रजिना रिमाल र युवराज चौलागाईँले स्वर दिएका थियौँ । त्यो गीतमा गायिकाहरु भन्दा पनि गायक चिनिएका थिए । हामी दुई जनाले गाएर पनि नोटिश नभएको हो कि? तर गीत राम्रो चल्यो म खुसी नै छु ।Nepali top beautifull playback singer Rabin Rai interview Melina rai (4)
मोडलिङ गर्ने पनि सोचिराछु
मेरो पहिलो एल्बम बहारको ‘टाइटल सङ’ मा पनि मोडलिङ गर्छु भन्ने सोचेको थिएँ । तर पनि एक्टरले जसरी गीतमा फिल दिन सक्छ, एउटा सिङ्गरले सक्दैन कि जस्तो पनि फिल हुन्छ । कन्फिडेन्ट्स पनि छ, तर फस्र्ट प्रोजेक्ट हो यसलाई कम्प्रमाइज नगरौँ भन्ने हिसाबले मैले त्यसमा मोडलिङ गरिनँ । नेक्स्ट प्रोजेक्टहरुमा यो गीतमा मैले गर्नुपर्छ भन्ने फिल आयो भने अवश्य गर्ने छु ।
अहिलेको ट्रेन हेर्ने हो भने आफ्नो गीतमा आफैँ मोडलिङ गर्ने चलन छ । त्यस्ता गीतहरु र भिडियो चर्चित पनि भइरहेका छन् । विश्व संगीत बजारमा हेर्ने हो भने पनि त्यो अवस्था छ । तर म मेरो सबै गीतमा मोडलिङ गर्छु भन्ने होइन । कुनै गीतहरुमा मैले गर्नुपर्छ भन्ने जस्तो लाग्यो भने अवश्य पनि म त्यो काम गर्छु । सबै गीतमा मोडलिङ गरेर म अरु मोडलहरुको अधिकार खोस्न चाहान्न ।
सबै किसिमका फ्यान छन् कस्तो गीत सुन्ने भन्ने चाहाना सबैको एउटै हुँदैन । यस्तै प्रकारको गीत सुन्ने भन्ने निश्चित समूह हुन्छ । टिन एजर, युथ, वल्ड एजले मन पराउने छुट्टाछुट्टै जनरको हुन्छ । मैले याद गरे अनुसार मेरा सबै किसिमका फ्यानहरु हुनुहुन्छ । वल्ड एज पिपलले पनि मेरो गाना सुन्नु हुँदो रहेछ । टिनएजर र युथ साथीहरुले पनि एकदमै मनपराइदिनु भएको छ । आफूलाई एकदम लक्की फिल गरेको छु । ह्याप्पी छु ।
|
|
Post a Comment