|
|
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सेक्रेटरी आजाद केसीले बन्दको क्रममा जिल्लामा कुनै अप्रिय घटना नभएको बताए ।
बन्द अवज्ञा गरेको भन्दै विप्लव माओवादीले ब्यापारीलाई ज्यूँदै आगो लगाएको भनी अतिरञ्जित गरिएको आजादले बताए । शान्तिपूर्णरुपमा जिल्लामा बन्दका कार्यक्रम गरिएको उनले बताए ।
बन्दका क्रममा भक्तपुरबाट तीन जनलाई पक्राउ गरिएको छ । दुई जनालाई सुर्यविनायकबाट र एक जनालाई सल्लाघारीबाट प्रहरीले पक्राउ गरेको पनि आजादले जानकारी दिए । पक्राउ पर्नेमा कृष्णराम खड्का, सबिन पुलामी मगर र शिव मगर रहेका छन् । – खबर डबली ।
|
|
Post a Comment