Headlines News :
Home » » बन्दकर्ताले जलाएको ट्याक्सीको फोटो खिच्न जादा...

बन्दकर्ताले जलाएको ट्याक्सीको फोटो खिच्न जादा...

Written By news on Thursday, 9 June 2016 | 03:44

बन्दकर्ताले जलाएको ट्याक्सीको फोटो खिच्न जादा ट्राफिक डिआइजीले भने ‘श्रीमान् श्रीमतीको यौन चर्तिकला खिचेर छाप्नू’
काठमाडौं, २७ जेठ | नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले बिहीवार नेपाल बन्दको घोषणा गरेकोले म फोटो खिच्न र रिपोर्टिङ गर्न बिहानैदेखि सक्रिय रहेँ । भर्खर कार्यालय पुगेको थिएँ, सम्पादक विमल सरको फोन आयो । ‘अशोक कहाँ छौ, कोटेश्वरमा ट्याक्सी जलाए रे, खिच्न त भ्याइएन होला है ?’ , उहाँले सोध्नुभयो ।
‘बिहान साढे तीन बजेतीर जलाएका रहेछन्, खिच्न भ्याइएन सर’, मैले भनेँ । ‘जलेको ट्याक्सीको फोटो भएपनि खिच्नु पर्ला कि’ भनेर उहाँले मलाई सुझाउनुभयो । मैले तत्कालै बानेश्वर प्रहरी बिटमा सम्पर्क गरें र जलेको ट्याक्सी कहाँ कस्तो अवस्थामा छ भनेर सोधें । उक्त ट्याक्सी सिहंदरबार बग्गीखानामा लगिएको छ भन्ने जानकारी पाएपछि म सिधै त्यतातिर लागें ।
मोटरसाइकल चलाएर बग्गीखानातर्फ जाँदै गर्दा जलेको ट्याक्सीको फोटो खिच्ने र त्यसका चालकसँग कुराकानी गरेर ‘स्टोरी’ पनि बनाउनेबारे सोचें । र, बिहान ८ बजेतिर ट्राफिक केन्द्रीय कार्यालय,बग्गीखाना पुगेँ । बग्गीखाना परिसरमा डिआईजी प्रकाश अर्यालले साधारण पोशाकमा चिया पिउँदै गरेको देखें । उहाँको साथमा ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल पनि हुनुहुन्थ्यो ।
मैले डिआईजी अर्याललाई आफू पत्रकार भएको कुरा बताएँ र बन्दकर्ताले जलाएको ट्याक्सीको फोटो खिच्न अनुमति मागेँ । तर डिआईजी अर्यालले मलाई एक्लो देखेर हो कि किन हो, ‘किन खिच्ने फोटो?’ भन्दै निहुँ खोजेझैं गर्न थाल्नुभयो । मैले भनेँ ‘जे भएको हो त्यसको दृश्य जनतालाई देखाउने त पत्रकारको काम हो, त्यसैले म ट्याक्सीको फोटो खिच्न चाहन्छु ।’
मेरो अनुरोधलाई डिआईजी अर्यालले वास्ता गरेनन् । उनले उल्टै भने, ‘त्यसो भए श्रीमान श्रीमती सुतेको (यौन चर्तिकलाको) पनि फोटो खिचेर छाप्नू ।’ म छक्क परें । र, भनेँ ‘कुन कुरा छाप्नु हुन्छ र हुँदैन भन्ने मलाई राम्रोसंग थाहा छ ।’ डिआइजीको त्यस्तो बचनले मलाई खिन्न बनायो ।
प्रहरीको उच्च पदमा रहेको व्यक्तिको त्यो स्तरको भाषाले मलाई निकै सोचमग्न बनायो । उपल्लो तहको प्रहरी अधिकृतले त्यस्तो अमर्यादित भाषा प्रयोग गर्लान् भनेर मैले सोचेको सम्म थिइन ।
डिआइजीसँग थप कुरा गर्न मलाई उचित लागेन । मैले ‘खिच्न हुन्छ भने हुन्छ भन्नुस्, हुँदैन भने हुँदैन भन्नुस्, तर, तपाईले जथाभावी बोल्न पाउनुहुन्न’ भन्दै म ट्राफिक कार्यालय परिसरबाट बाहिरिएँ ।
अहिले मलाई लागिरहेको छ, एउटा जिम्मेवार पदमा बसेको प्रहरीकोे मुखबाट निस्केको त्यस्तो तल्लो स्तरको वचनले ट्राफिक प्रहरीले शुरु गरेको ‘मुस्कान सहितको सेवा वा जिब्रोको गरिमा मिठो बोलीमा’ अभियान सम्भव होला ? डिआइजी महोदयज्यू, म यो प्रश्न तपाइँतिरै तेस्र्याउन चाहन्छु । तपाईँले यस्तै भाषा प्रयोग गर्दै जानुभयो भने सिंगो प्रहरी संगठनको बद्नाम हुन धेरै दिन नलाग्ला है|

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger