Headlines News :
Home » » आज फेरि कतारमा नेपालीहरुलाई मृत्युदण्ड हुने भो आखिर किन :? हेर्नुहोस भिडियो सहित

आज फेरि कतारमा नेपालीहरुलाई मृत्युदण्ड हुने भो आखिर किन :? हेर्नुहोस भिडियो सहित

Written By news on Thursday, 30 June 2016 | 03:03


कतारको पुनरावेदन अदालतले स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो अदालतको फैसलालाई सदर गरेको छ । मार्च ३१ तारिखमा 'क्रिमिनल कोर्ट'ले मृत्युदण्डको फैसला गरेपछि कार्की पुनरावेदन गएका थिए । 'पुनरावेदनले पनि मलाई मुत्युदण्ड दिने फैसला सुनायो,' कार्कीले कान्तिपुरसँग भने । २०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो ।नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको थियो । कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले पीडक र पीडित दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति गराउन आवश्यक रहेको बताए । 'पीडक र पीडित दुवै नेपाली हुन् । दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, उनले भने, 'सम्बन्धित पक्षबीच मेलमिलापको प्रक्रिया अगाडि बढाउन हामीले माथिल्लो तहमा भनिसकेका छौं ।'अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् ।

 कुशललेआफ्नो परिवारमार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए । 'मबाट गल्ती भयो । यसमा मेरो पश्चाताप छ,' उनले भने, 'पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।'

सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिन सकिन्छ । यहाँ ब्लडमनिबापत दुई लाख रियाल -५२ लाख रुपैयाँ) दिइने नियम छ । कतार आएको तीन महिनामै उनी हत्या अभियोगमा पक्राउ परेका थिए । तलब र काम नदिएको रिसमा आबेगमा आई कार्कीले कम्पनीका सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार गरी हत्या गरेका थिए । कतारमा नेपालीले नेपालीकै हत्या गरेको अभियोगमा अरू आधा दर्जन मुद्दामाथि छानबिन भइरहेको छ । ती हत्याको अभियोग लागेका नेपालीहरू यहाँको केन्द्रीय कारागारमा थुनामा छन् ।

ओलीलाई दुई वर्ष मिनाहा

बालिकालाई छोएको अभियोगमा तीन वर्ष सजाय पाएका रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको पुनरावेदन अदालतले दुई वर्ष कैद मिनाहा गरिदिएको छ । कतारको साउदीय हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै आएका पाखापनी-९, रोल्पाका ३० वषर्ीय ओलीलाई बालिकालाई छोएको अभियोगमाथि जुन २१ तारिखमा तल्लो अदातलले तीन वर्षको सजाय सुनाएको थियो । उनलाई गत मार्च १६ तारिखमा मार्केटबाटै पक्राउ गरिएको थियो । पुनरावेदन अदालतको फैसला भएलगत्तै ओलीले कान्तिपुरलाई भने, 'अब मार्चसम्म जेलमा बसेपछि र्फकन पाउनेछु ।'

तल्लो अदालतको आदेशविरुद्ध पुरावेदनमा अपिल गर्न ओलीलाई नेपाली दूतावासले वकिलको व्यबस्था गरिदिएको थियो । उनले हाइपरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको प्याकेट खसेर बालिकालाई लागेको बताए । स्थानीय महिलाले भने उनले बालिकालाई छोएको भन्दै ओलीमाथि मुद्दा दायर गरेकी थिइन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger