Headlines News :
Home » » १६ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ..

१६ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ..

Written By news on Thursday, 30 June 2016 | 02:43


असार १६, पर्सा –
 अपराधी जति चलाख भए पनि एक न एक दिन उ कानुनको कटघरामा पर्छ भन्ने तथ्यलाई पर्सा प्रहरीले प्रमाणित गरेको छ । कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अपराधी उम्किन नसकिने तथ्यलाई प्रमाणित गरेको हो । पर्साको सुर्जाहा गाविस–८ निवासी प्रभु सहनी मलाहको हत्याको अभियोगमा १६ वर्षदेखि फरार रहँदै आएका सुर्जाहा–८ कै दशई सहनी मलाह र नन्दलाल सहनी मलाहलाई प्रहरीले गए राति उनकै घरबाट पक्राउ गरेको छ । सहनी हत्याको अभियोगमा फरार रहेका अभियुक्तद्वय दशई र नन्दलाल घरमा लुकीछिपी बसेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए । ती दुई अभियुक्त प्रभु सहनीको हत्यापछि भारतका सीमावर्ती क्षेत्रमा लुक्दै बस्दै आएका थिए । घरमा सुतिरहेका प्रभु सहनीको २०५७ साल भदौ १० गते गोली हानी हत्या गरेको अभियोगमा दशई र नन्दलाल विगत १६ वर्षदेखि फरार रहँदै आएको उपरीक्षक बोगटीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने कर्तव्य ज्यान मुद्दामा दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराउने तयारी समेत भएको प्रवक्ता बोगटीले बताए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger