Headlines News :
Home » » अफगानिस्तानमा फेरी शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना..

अफगानिस्तानमा फेरी शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना..

Written By news on Thursday, 30 June 2016 | 03:06


काबुल:
 अफगानिस्तानको राजधानी काबुलमा बिहीबार दिउँसो भएको शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना प्रहरी मारिएका छन् ।

शुरुवाती खबरका अनुसार राजधानी काबुलमा अफगान पुलिसको गाडीमा आत्मघाती आक्रमण भएको हो ।अफगान अधिकारीलाई उधृत गर्दै आएको समाचार अनुसार तालिबानले यो आक्रमणको जिम्मेवारी लिएको छ ।
अधिकारीहरुका अनुसार काबुलको काला ए हैदर खान गाउँमा एक कम्पनीको एरियामा तालिबानले आत्मघाती आक्रमण गरेका हुन् ।
यो गाडीमा हालै मात्र तालिम सकेका पुलिसका अधिकृत सवार थिए । उनीहरु बरदाकबाट काबुल गइरहेका बेला आक्रमण भएको हो ।
दुईजना हमलाकारीले आत्मघाती बम विस्फोट गराएर पुलिसको गाडीमा निशाना बनाएका थिए । पघमनका गभर्नर हाजी मोहम्मद मुसा खानका अनुसार हमलामा सय भन्दा बढी मानिस घाइते भएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger