Headlines News :
Home » » अमेरिकाका मेक्सिको समूह बिजेता, उरुग्वेको सान्त्वना जीत..

अमेरिकाका मेक्सिको समूह बिजेता, उरुग्वेको सान्त्वना जीत..

Written By news on Tuesday, 14 June 2016 | 00:00

३२ जेठ, काठमाडौं । 
महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको समूह सीको अन्तिम खेलमा मेक्सिको र भेनेजुएलाले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीपछि यस समूहमा मेक्सिको समूह बिजेता र भेनेजुएला उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रबेश गरे । 
टेक्सासस्थित एनआरजी रंगशालामा भएको खेलमा सुरुवाती १० मिनेटमै जोसे भालाजक्वीजले भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर मेक्सिकोले बराबरी गोल फर्काउन सफल रहृयो । सब्सिच्युड स्ट्राइकर जेसस कोरोनाले ८०औं मिनेटमा गोल गरी खेल बराबरी मात्र गरेनन् टोलीलाई समूह बिजेतासमेत बनाए ।
 समूहको अघिल्लो दुई खेलमा जीत निकालेको मेक्सिको र भेनेजुएलाको बराबरीपछि समान ७/७ अंक भएपनि गोल अन्तरको आधारमा मेक्सिको अगाडि रहृयो । क्वाटरफाइनलमा मेक्सिकोले समूह ‘डी’ को उपबिजेतासँग प्रतिस्पर्धा गर्नेछ भने भेनेजुएलाले बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह डी मा अर्जेन्टिना अगाडि छ भने दोस्रो स्थानमा चिली छ ।
भोलि हुने समूहको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभिया र चिलीले पानामासँग खेल्नेछन् । उरुग्वेको सान्त्वना जीत यता समूह सी कै अर्को खेलमा उरुग्वेले जमैकामाथि तीन शून्य गोलको सान्त्वना जीत आत्मसाथ गरेको छ । 
समूहका अघिल्ला दुई खेलमा पराजित भएपछि कोपा अमेरिकाको सर्बाधिक सफल टोली उरुग्वे समूह चरणबाटै बाहिरिसकेको छ । क्यालिफोर्नियास्थित लेभिस रंगशालामा भएको खेलमा १५ पटकको उपाधि बिजेता उरुग्वेले जमैकालाइ तीन शून्य गोलले हरायो । उसका लागि अवेल हर्नान्डेज र माटियास कोरुजोले गोल गरेका थिए । त्यस्तै जमैकाका डिफेण्डर जे वाट्सनले आत्मघाती गोल गरेका थिए । 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger