Headlines News :
Home » » विश्वको सबैभन्दा पुड्को जोडी यी हुन्..

विश्वको सबैभन्दा पुड्को जोडी यी हुन्..

Written By news on Sunday, 19 June 2016 | 22:56


एजेन्सी । उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । तर यो जोडीले उचाइ प्रेम र सम्बन्धमा बाधक हुँदैन भन्ने कुरा प्रमाणित गरिदिएको छ ।

ब्राजिलका पाउलो ग्राब्रियल डा.सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४।८ र ३५।२ इन्च छ ।
विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध सुरु भएको रहेछ  ।

३० वर्षीय पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् ।

मन परेपछि पाउलोले होसिनोलाई पर्पोज ठोकिहाले । तर होसिनोलाई मन परेन । उनी पाउलोसँग लभ गर्ने मूडमा थिइनन्, त्यसैले मेसन्जरमा उनलाई ब्लक हानिन् ।

तर १८ महिनापछि होसिनोले पाउलोलाई अनब्लक गरिन् र कथाले अर्कै मोड लियो । होसिनोले अनब्लक गरेको केही मिनेटमै फुरुंग हुँदै पाउलोले हेलो भनिहाले ।

दुइ महिनापछि पाउलो १८६ किमी दूरी यात्रा गर्दै लोन्ड्रिनास्थित होसिनोको घर पुगे । ४ दिनसम्मको छलफल पछि त उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।

पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नोलागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।

अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् । आफ्नो सहर इटापेभाको मेयर बन्ने लक्ष्य छ पाउलोको ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger