Headlines News :
Home » » प्रधानमन्त्रीको खेदो खन्नेलाई गतिलो जवाफः यसरी निकालियो हावाबाट बिजुली -

प्रधानमन्त्रीको खेदो खन्नेलाई गतिलो जवाफः यसरी निकालियो हावाबाट बिजुली -

Written By news on Sunday, 19 June 2016 | 23:30


– प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने भाषण गरिरहँदा त्यसलाई सामाजिक संजालमा मजाक बनाउनेहरु धेरै भेटिए । तर, उनले भाषण गर्नुभन्दा पहिल्यै नै नेपालमा हावाबाट बिजुली निकालिएको थियो र हाल पनि निकाल्ने क्रम जारी छ ।

मुस्ताङमा हावाबाट बिजुली
मुस्ताङ सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ । बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ ।

मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिए । मुस्ताङमा दिउँसोको समयमा बढी हावा बहने भएकाले अन्य समयका लागि व्याकअपको रुपमा सौर्य प्रणाली पनि जडान गरिएको छ ।

हाल परीक्षणकै रुपमा उत्पादन गरिएको परियोजनाको उद्घाटन गर्ने लक्ष्य राखिएको छ । साथै त्यहाँ गरिएको एक अध्ययनअनुसार जिल्लाको मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा र कोबाङ गाविसमा तीव्र गतिमा हावा चल्ने भएकाले त्यसबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ ।
सोहीअनुसार, कुन बेला हावाको गति कति आउँछ भन्ने कुराको अध्ययन भइरहेको छ । उत्पादन भएको विद्युत् तत्काललाई तीन घरमा जडान गरिएको छ ।

४१ सालमै निकालिएको थियो हावाबाट बिजुली
मुस्ताङमा ०४१ सालमै हावाबाट बिजुली निकालिएको थियो । हावाले घुमाउने पंखाबाट ४० किलोवाट उत्पादन हुन्थ्यो । तर, संरक्षण र मर्मत नहुँदा बन्द भयो ।

तत्कालीन सरकारले त्यसलाई खासै महत्व नदिँदा हावाबाट विजुली निकाल्ने कार्यले खासै महत्व पाउन सकेन र पछि अस्तव्यस्त भयो ।


नवलपरासीमा हावाबाट बिजुली
नवलपरासीको विकट पहाडी धैबादी गाउँ विकास समितिमा हावाबाट बिजुली बाल्न निकालिएको छ ।
त्यहाँ नेपालमै पहिलो पटक वायु सौर्य ऊर्जा उन्नत प्रविधि हावाबाट बिजुली निकाल्ने प्रविधि विधिबाट बिजुली निकालिएको हो । जसबाट पहाडी धौबादी गाविसका ६० घरपरिवारले बिजुली बाल्न पाएका छन् ।
जडित बायु सौर्य ऊर्जा उन्नत प्रविधिबाट १२ किलोवाट बिजुली निकालिएको हो । जसअन्तर्गत १० किलोवाट वायु ऊर्जा र दुई किलोवाट सोलार प्रविधिबाट निकालिएको हो ।
नमुना गाउँ बनाउने उद्देश्यका साथ एसियाली विकास बैंकले दुई वर्षअघि सो प्रविधिको जडान गरिदिएको थियो ।

हावाको बिजुलीबाट गाउँ नै झिलिमिली
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा मकवानपुरको भोर्लेनीमा निर्माण गरिएको वायु र सौर्यशक्तिबाट सन्चालित २५ किलोवाट क्षमताको वायु–सौर्य ऊर्जा मिश्रित परियोजना गाउँनै झिलिमिली पारिदिएको छ ।

हेटौँडाबाट पूर्वमा सवारीसाधनमा करिब चार घण्टाको यात्रापछि मात्र पुगिने दुर्गम भोर्लेनीका १३१ तामाङ्, बाहुन, क्षेत्री, दलितलगायतका घरपरिवार हावा र सौर्य शक्तिबाट उत्पादन भएको बिजुली उपयोग गरिरहेका छन् ।

सहरमा दिनमा १६ घण्टासम्म लोडसेडिङ हुँदा त्यहाँका गाउँलेले भने २४ सै घण्टा विद्युत् उपयोग गर्न पाएका छन् ।

काभे्रपलाञ्चोक र सिन्धुलीको सीमामा पर्ने मकवानपुर जिल्लाको यस विकट ठाउँमा पहिले पहिले मानिसहरु बस्न रुचाउँदैनथे । बागमती नदीको किनारमा रहेको यो ठाउँ बालुवा र ढुङ्गाको गेग्रानले ढाकिएकाले उब्जनी नहुने र औलोको भयले गर्दा मिल्किएको यो ठाउँ अहिले सिँचाइ सुविधा, सडक यातायातको पहुँच र विद्युतीकरणले स्थानीयवासीको जीवनशैली फेरिएको मात्र होइन, यस ठाउँको परिचय नै बदलिएको छ ।

अहिले यहाँ चार बाली खेती हुन थालेको, विद्युत सुविधाले सूचना, सञ्चारको पहुँचको विस्तारले गाउँलेको आर्थिक–सामाजिक तथा चेतनास्तरमा अभिवृद्धि भएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger