Headlines News :
Home » » चार महिना आगाडी मात्र छोराको न्वारन गरेर फर्केको जितेन्द्र थापा काबुल आक्रमणमा अस्ताए.

चार महिना आगाडी मात्र छोराको न्वारन गरेर फर्केको जितेन्द्र थापा काबुल आक्रमणमा अस्ताए.

Written By news on Tuesday, 21 June 2016 | 22:19


छोराको न्वारन गरेर काबुल गएको चार महिनामा मृत्युको खबर,दोश्रो पटक गएकाथिए त्यहां बुटवल,काबुल आक्रमणमा मारिएका बुटवलका जितेन्द्र थापा छोराको न्वारन गरेर काबुल गएकाथिए । गएको चार महिनामै परिवारमा बज्रपात पर्यो । ४१ बर्षीय उनी बुटवल १३ देवीनगरका हुन् । गत
फागुनमा उनी दोश्रो पटक काबुल गएकाथिए ।झण्डै १८ वर्ष भारतीय सेनामा काम गरेका उनले एक वर्ष इराकमा काम गरेका थिए । पछि करिब ४ वर्षअघि अफगानीस्थानको काबुल पुगे । साढे दुई वर्ष बिताएर घर फर्केका उनी फेरि काबुल गएका थिए । उनका दुई श्रीमती रतीन छोरा छन् । जेठी पत्नी गोमती थापा र दुई छोरा छन् बुटवलमा बस्छन् । कान्छी पत्नी संजीता लामा भने काठमाडौमा बस्छिन् । २ वर्षअघि विवाह गरेका उनीपट्टी पनि ५ महिने छोरा छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले धेरै प्रयासपछि मात्रै उनको घरबारे पत्ता लगाउन सकिएको बताए । सञ्चारका माध्ययमबाट श्रीमान मारिएको थाहा पाएकी कान्छी श्रीमती संजीताले घटनापछि शोक र अन्यौलमा परेको बताईन । टेलिफोन कुराकानीमा उनले शब कसरी ल्याउने भन्ने बारेका अन्यौल परेको र त्यसबारे कसैले नसोधेको गुनासो गरिन । उनले भनिन् ‘अहिलेसम्म कसैले शब कसरी ल्याउने भनेका छैनन् । के गर्ने ? कसलाई सोध्ने केही थाहा छैन ।’ जितेनका बाबु आमा भने छैनन् । सो घटनामा उनीसहित १४ जना नेपाली मारिएकाथिए । छिटो शव ल्याइदिनु पर्याे, किरिया गर्न सघाइदिनु पर्याे -परिवार थापाको मृत्युको खबरले बुटवलस्थित परिवारका सदस्य विछिप्त छन् । आइतबार सांझमात्रै छोरा विमलले बाबुसित इन्टरनेटबाट कुरा गरेका थिए । सबैको हालखबर सोधेका बाबुले छिटै फर्कने सुनाएका थिए । ‘अहिलेसम्म सरकारी निकायको मान्छे कोही आएको र भनेको छैन ।’ बुटवल बस्ने जेठी पत्नी गौमतीले भनिन् ‘उहाको मृत्यु नै भएको भए शब जतिसक्दो छिटो ल्याइदिनु पर्यो । काजक्रीयामा सघाइदिनुपर्यो ।’ जेठा छोराले विटिआई टेक्नीकल इष्ट्रिच्युटमा हार्डवेयर मेकानीक्स पढ्दैछन् । कान्छा विमलले ११ को परीक्षा दिएर बसेका छन् । ब्रिटीस आर्मीमा भर्ती हुने चाहनाले एसएलसीपछि नै त्यतापनि तालिम लिदैछन् । ‘ड्याडीले महिनाको ६ हजार मेरै नाममा पठाइदिनुहुन्थ्यो । यसैबाट पढ्ने र तालिम गर्ने गरेको थिए ।’ विमलले भने ‘अब त पढाइ पनि छुट्छ होला । ड्याडी त अब फर्कनुहुन्न । उहाको शब छिटो झिकाइदिनु पर्यो । हाम्रो पढाइमा पनि सरकारले सहयोग गर्नुपर्यो ।’ २ वर्षअघि विहे गरेकी कान्छी श्रीमती संजीता ५ महिने छोरासहित काठमाण्डौ छन् । अन्तिमको तस्विर –जितेन्द्र सिंह थापाकी जेठी पत्नी गौमती र कान्छा छोरा विमल ।

 तस्विर -भुवन पाण्डे

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger