Headlines News :
Home » » काबुल आक्रमणले चुडाइदियो गोमाको खुशी..

काबुल आक्रमणले चुडाइदियो गोमाको खुशी..

Written By news on Tuesday, 21 June 2016 | 22:15

काबुल आक्रमणः शोकमा अकुरको परिवार
रत्नप्रसाद आचार्य

इटहरीः

 अफगानिस्तानको काबुलमा आत्मघाती बम विष्फोटमा सुनसरीको इटहरीका अकुर तामाङको मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ । पाँच वर्षदेखि अफगानिस्तानमा सुरक्षा गार्डका रूपमा कार्यरत तामाङको सोमबार हत्या भएपछि उनकी ६५ वर्षीया आमा लाखमाया, ७७ वर्षीय बुबा भीमबहादुर र परिवारका अन्य सदस्य शोकमा डुबेका छन् ।
छोराको मृत्युको खबरले अकुरकी आमा लाखमाया बेहोस भएकी छन् । गत वैशाख १७ गते दोधार हुँदै गएको अकुरसँग हप्ता दिन अगाडि मात्र आमा लाखमायाले फोनमा कुरा गरेकी थिइन् । ‘फोनमा कुरा गर्दा आमा मलाई राम्रै छ चिन्ता नगर्नू है भन्थ्यो', आँसु झार्दै लाखमायाले भनिन्, ‘छोराले मेरो क्रिरिया गर्छ होला भनेको त आफैंले उसको क्रिरिया गर्नुपर्ने भयो ।'

पाँच वर्षअगाडि नेपाली सेनाको जवान पदको जागिर छाडेर अफगानिस्तान गएका अकुर बर्सौपिच्छे घर आउँथे । हेटौंडाकी गामा गोलेसँग प्रेम विवाह गरेका अकुर २०७३ को नयाँ वर्ष परिवारसँग बसेर नाचगान गर्दै मनाएर फर्केका थिए ।

एक वर्षपछि घर फर्किने बाचा गर्दै उनी अफगानिस्तान गएको अकुरकी जेठी भाउजू कमला तामाङले बताइन् । ‘एक वर्षपछि घर आउँछु भन्दै बिदा हुनुभएका देबरको डेढ महिनामा नै मृत्युको खबर सुन्नुपयो । भगवनाले पनि राम्रा मान्छेलाई देखिसहदा रहेनछन्', उनले भनिन् । अकुरकी श्रीमती गोमा माइतीघर हेडौंडामा रहेको र उनलाई पनि इटहरी बोलाइएको कमलाले बताइन् ।

विदामा घर आएको छोराले अफगानिस्तान फर्कने क्रममा दोधार मन गरेपछि आफूले पटकपटक नजान आग्रह गरेको पनि उनले सुनाइन् । अकुरकी भतिजी कोपिला काकाले ल्याइदिएको मोबाइल देखाउँदै भक्कानिरहेकी छन् । ‘राम्रो पढ्नू अर्कोचोटी आउँदा ल्यापटप ल्याइदिन्छु भन्नुहुन्थ्यो', कोपिलाले भनिन् ।

अकुर भीमबहादुरका मन्तरे छोरा थिए । खोटाङको दिक्तेल नगरपालिकाबाट २०६० सालदेखि तामाङ परिवार इटहरीको हाँसपोसामा बस्दै आएको थियो । अकुर तीन वर्षअघि हेटौंडाकी गोमासँग विवाह बन्धनमा बाँधिएका थिए ।
श्रीमान् अफगानिस्तानमा रोजगारीका लागि गएपछि गोमा माइतमा बस्दै आएकी थिइन् । अकुरका दाजु देव तामाङले भाइको शव तत्काल नेपाल ल्याइदिन सरकारसँग माग गरेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger