Headlines News :
Home » » लोकसेवा पास गरेका सरकारी कर्मचारीलाई खाना खाने तालिम !

लोकसेवा पास गरेका सरकारी कर्मचारीलाई खाना खाने तालिम !

Written By news on Sunday, 5 June 2016 | 03:53

लोकसेवा पास गरेका सरकारी कर्मचारीलाई खाना खाने तालिम !
काठमाडौं । सुन्दा आश्चर्य लाग्यो ? अचम्म मान्नु पर्दैन, कानुन मन्त्रालयले यस्तै एउटा तालिमको आयोजना गरेको छ । सरकारी कर्मचारीहरुले खाना खान नजानेको र अग्रेजी बोल्दा हेलो, हाई र नमस्ते भन्दा अरु बोल्न नजानेको भन्दै कानुन मन्त्रालयले यस्तो तालिको आयोजना गरेको हो ।
विगतका केही समय देखि  कानुन मन्त्रालय मातहातका कर्मचारी खाना कसरी खाने भन्ने  प्रशिक्षणमा दिन थालेको छ ।  मन्त्रालयका सहसचिव फणीन्द्र गौतमले ‘स्टाफ क्यापासिटी डिभलपमेण्ट’ कर्मचारी क्षमता विकास  कार्यक्रम अन्तर्गत विभिन्न प्रशिक्षण शुरु गरिएको बताए ।  ‘कर्मचारीका लागि खाना खान सिक्ने प्रशिक्षणको लागि विशेष व्यवस्था गरिएको हो’ उनले भने ‘मन्त्रालयले खाना कसरी खाने भन्ने सीप तालिमका लागि रविभवनमा रहेको पर्यटन तालिम केन्द्रसँग समन्वय गरिरहेको छौ ।’
चम्पा समेत समातेर सरकारी कर्मचारीले खाना खान नजानेको भन्दै उनीहरुलाई तालिम दिन लागिएको हो । ‘ठूला कुरा के गर्नु हाम्रा साथीहरूलाई राम्रोसँग चम्चा समाएर खान आउँदैन,’ एक अधिकारीले भने, ‘उच्चस्तरीय भेटघाट र जमघटमा खाना खान लाग्दा लतरपतर गर्ने, चुहाउँदै खाने, प्लेट भरिनेगरी खाना ल्याउने र पोख्दै खाने तरिकाले बेज्जत भएको छ ।’
खाना खाने तालिमका क्रममा कर्मचारीले टेबलमा खानाको प्लेट कसरी राख्ने, कति चम्चा र काँटा प्रयोग गर्ने, काँटा चम्चा कसरी समात्ने, वाइनको ग्लास कसरी समात्ने लगायत सीप सिक्ने छन् ।
‘वाइनको ग्लास समाउँदा ग्लासको साँघुरो भागमा समाउनु पर्दोरहेछ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘वाइनको ग्लास समाइसकेपछि कोसँग ‘चियर्स’ गर्दैछु भन्ने कुरामा निकै ख्याल पुयाउनु पर्दो रहेछ । आफूभन्दा उपल्लो तहको व्यक्तिसँग चियर्स गर्दा आफूले समाएको वाइनको ग्लास तल पार्नु पर्दोरहेछ ।’
खाना खाइसकेपछि काँटा चम्चा जथाभावी छोड्ने वा जस्तो पायो त्यस्तै अवस्थामा अलपत्र छोडेर हिँड्न नहुने सीप कर्मचारीले सिकेका छन् । ‘खाना खाइसकेपछि काँटा चम्चा उत्तानो पारेर राख्न हुँदैन रहेछ,’ प्रशिक्षणमा संलग्न एक अधिकारीले भने, ‘उत्तानो पारेर राख्यो भने त्यसके अर्थ थप खाना मागेको (मोर अर्डर) भन्ने लाग्दो रहेछ । तसर्थ खाना खाइसकेपछि आफूले प्रयोग गरेका काँटा चम्चा घोप्टाएर राख्नु पर्दोरहेछ ।’
हामीमध्ये कतिपयले पहिला धेरै खाना प्लेटमा ल्याउने तर खाना नसक्ने गर्छन  । ‘खाना फाल्नु भनेको एकदमै नराम्रो संस्कार रहेछ,’ सीप सिक्दै गरेको एक अधिकारीले भने, ‘बरु शुरुमै कम खाना लिएर थप्न सकिन्छ तर ल्याइसकेको खाना फाल्न हुँदैन रहेछ ।’
‘यस्तो सिप कानून मन्त्रालयका कर्मचारीले मात्रै होइन, अरु मन्त्रालयका कर्मचारीले पनि सिक्न अति आवश्यक छ’, सहसचिव गौतमले भन्नुभयो । यसका अलवा विट्रिस काउन्सिलसँगको सहकार्यमा अग्रेजी भाषा फर्रर बनाउने तालिम समेत दिइदैछ । त्यस्तै ड्राइभिङ कोर्स समेत योजना छ ।  सबै खर्च भने मन्त्रालयले नै बेहोर्नेछ । प्रशिक्षणमा सहभागी भएको प्रमाणपत्र र अन्य कागजात पेश गरेपछि कर्मचारीले प्रशिक्षणमा भएको खर्चको भुक्तानी लिन सक्नेछन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger