Headlines News :
Home » » जो पाँच वर्षको उमेरमा आमा बनिन्.भन्दा कसैले विश्वास गर्न सक्दैन…

जो पाँच वर्षको उमेरमा आमा बनिन्.भन्दा कसैले विश्वास गर्न सक्दैन…

Written By news on Sunday, 5 June 2016 | 04:10

अचम्मका आमा

एजेन्सीः कुनै बालिका पाँच वर्षको उमेरमा आमा बनिन् भन्दा कसैले विश्वास गर्न सक्दैन् । सबैले यो कल्पना समेत गर्न नसकिने कुरा भएको ठान्छन् ।
तर, संसारमा विचित्र धेरै हुन्छन् । त्यही विचित्र मध्येको एक विचित्र पेरुमा भएको थियो ।

लीना मेदिनाको नाम विश्वकै कम उमेरकी आमाको रुपमा परिचित छ । लीना २७ डिसेम्बर १९३३ मा जन्मिएकी हुन् । जब लीना पाँच वर्षकी भइन उनको पेट विस्तारै बढ्न थाल्यो । यो कुराले उनका अभिभावक चकित परे।

छोरीको पेट बढेपछि आमा बुबाले अस्पतालमा लगेर डाक्टरलाई देखाए । डाक्टरले उनको पेटमा ट्युमर भएको सम्झिएका थिए । तर, डाक्टरले उपचार सुरु गरेलगत्तै आश्चर्य लाग्दो रिपोर्ट देखाए । त्यत्तिबेला लीना सात महिनाकी गर्भवती थिइन् ।

अस्पतालको एक महिनाको प्रयासपछि लीनाले छोरालाई जन्म दिइन् । त्यत्तिबेला लीनाको शरीर कमजोर भएकाले अस्पतालले अप्रेशन गरेर बालकलाई जन्म दिएको थियो ।

त्यत्तिबेला प्रहरीले लीनाका पितालाई प्रकाउ गरेको थियो । तर, त्यस्तो केही प्रमाण नभेटिएपछि पछि प्रहरीले उनका पितालाई छोडिदियो । लीनाको उमेरमा गर्भवती भएको रेकर्ड डाक्टरसँग अर्को कुनै छैन । कसरी लीना गर्भवती भइन भन्ने प्रश्नको जवाफ कसैले सार्वजनिक गरेनन् ।

लीना कम उमेरकी संसारकै एक मात्र आमा हुन् । तर, संसारमा विचित्रका आमा धेरै छन् । अमेरिकाकी स्टेसी हेराल्ड विश्वकै होची आमा हुन् । उनले तीन बच्चालाई जन्मदिएर सबैलाई चकित पारेकी छन् ।

अमेरिकाकै वाली एलिजाबेथले दुई बच्चाका बीचको अन्तर ४१ साल गरेर विश्व रेकर्ड राखेकी छन् । १९५६ मा १९ वर्षको उमेरमा छोरी जन्माएकी एलिजाबेथले श्रीमानको मृत्यु भएपछि नयाँ ब्वाइफ्रेन्ड सँग १९९७ मा अर्को बालकलाई जन्म दिएकी थिइन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger