Headlines News :
Home » » फाइदामात्रै होइन, बेफाइदा पनि गर्छ कागतीले : यस्ता मान्छेले नखानुस कागती .......

फाइदामात्रै होइन, बेफाइदा पनि गर्छ कागतीले : यस्ता मान्छेले नखानुस कागती .......

Written By news on Sunday, 5 June 2016 | 03:25

“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष पनि हुन्छ। त्यसैगरी शरीरबाट विषाक्त हटाउने, छालाको सुन्दरता कायम गर्नेलगायत अन्य फाइदाका लागि प्रयोग गरिने अनमोल कागतीले हाम्रो शरीरमा विभिन्न किसिमका साइडइफेक्टहरू पनि ल्याउन सक्दछ।
बुझ्नुपर्ने कुराहरू
सर्वप्रथम त, कागती भनेको एकदमै अम्लीय तत्व हो, मतलब यसमा धेरै मात्रामा एसिड रहेको हुन्छ। त्यसकारण नै कसैकसैको लागि कागती विष सरह हुन जान्छ।
दोस्रो कुरा, अधिकांश छालाका समस्या जस्तै डण्डीफोरको दाग, कालो वा सेतो खीलको उपचार गर्नका लागि कागतीको प्रयोग गरिन्छ। तर, विचार पुर्याउनुपर्ने कुरा के छ भन्दा, कागतीले हाम्रो छालामा पनि साइडइफेक्ट गर्न सक्छ।
त्यसैले आफ्नो अनुहारको दागधब्बा, कालो दाग अथवा डण्डीफोरको उपचारको लागि कागतीको प्रयोग गर्नुभन्दा अगाडि निम्न कुराहरूमा सावधानी अपनाउनुपर्दछ-
सुक्खा छालाको लागि– यदि तपाईँको अनुहारको छाला सुक्खा खालको (तेल ननिस्कने छाला) छ भने, अधिक कागतीको जुस प्रयोग गर्दा त्यसले अझ बढि सुक्खा र फुस्रो बनाउँदछ। त्यसैले कागतीलाई सीधै अनुहारमा पोत्नुभन्दा, त्यसको रसलाई मनतातो पानीसँग घुलाएर पातलो बनाई लगाउनुपर्दछ।

डण्डीफोरको लागि– कागतीको जुसमा हुने अधिक एसिडले पाक्न लागेको डण्डीफोरलाई झन् असर गरी रगत निकाल्ने अथवा जलन गराउन सक्छ।

कालो छालाको लागि– यदि तपाईँको छाला कालोवर्णको छ भने डण्डीफोर तथा अन्य उपचारको लागि कागती प्रयोग नगर्दै उचित हुन्छ। किनभने कागतीमा भएको एसिडले छालालाई जलाएर अझ कालो बनाउन सक्दछ।

Side-Effects-of-Lemon-1कागतीका अन्य साइडइफेक्टहरू
१. दाँत खिइने
कागती, निबुवा, भोगटे जस्ता अम्लीय खानेकुराहरूको अधिक सेवनले दाँत र बलियो एसिडको व्यापक सम्पर्क हुने गर्छ। यसले दाँतलाई सुरक्षा गर्ने इनामेललाई खियाई दाँतलाई संवेदनशील बनाउँदछ, विशेष गरी तातो र चिसो खानेकुराको लागि। धेरै अमिलो खानेकुरा खाँदा दाँत कुडिन्छ, यो त सबैलाई थाहा भएकै कुरा हो। र दाँत कुडिएको बेला चिसो वा तातो पदार्थ खाँदा दाँत सिरिङ्ग बनाउँछ- यो पनि सबैलाई अवगत भएकै कुरा हो।

त्यसैले कागतीको सेवन गर्दा सीधै दाँतले टोक्ने अथवा चुस्ने गर्नुहुँदैन। कागतीको जुस पिउँदा पनि दाँतसँग सम्पर्क नगराउने गरी स्ट्र (Straw) को माध्यमबाट पिउनुपर्दछ।

कागतीको जुस अथवा कागती पानीको अधिक सेवनले छात्ति पोल्ने समस्या उत्पन्न हुन सक्छ। पहिल्यै देखि यस्तो समस्या भएकाहरूलाई झन् सताउन सक्छ। अमिलो खानेकुरा तथा पेयपदार्थको सेवनमा कमि गर्दा यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ।

३. एसिडिटी र अल्सर
छात्ती र पेटको बीच भागमा पोल्ने, रिँगटा लागेको जस्तो हुने, बान्ता हुन खोज्ने अनि भोक लागेको जस्तो महशुस हुने समस्या नै एसिडिटीका लक्षणहरू हुन्। धेरै चिल्लो, पीरो र अमिलो खानेकुराको सेवनले एसिडिटी बढाउँदछ, जसमा कागती पनि पर्दछ। भोजननलीमा पेटको एसिडले जलन गरिरहेको बेला कागती सेवन गर्दा त्यसले अझ बढि पोल्दछ र अवस्थालाई गम्भीर बनाउँदछ।
यदि तपाईँलाई अल्सर छ भने पनि कागती नखान हामी तपाईँलाई सल्लाह दिन्छौँ। कागती मात्रै होइन, अन्य अमिलो, पीरो र चिल्लो खानेकुरा पनि बार्नुपर्दछ।

४. पेटको गडबडी हुने
खाने कुरा पचाउन गाह्रो भैरहेको बेला कहिलेकाहिँ थोरै कागतीको सेवनले पचाउन सजिलो पर्दछ। तर यदि कागतीको मात्रा बढि भएमा त्यसको असर ठ्याक्कै उल्टो हुन जान्छ। यसले पेटको भित्री भित्तामा रहेका रक्षात्मक कोषमा क्षय पुर्याउँदछ, जसको कारण एसिडिटी, ग्यास्ट्रिक जस्ता समस्या पैदा गराउन सक्दछ। त्यसैले यदि कागतीको सेवन गर्नैपरेमा, सुरुमा थोरै मात्रामा खानुहोस्। १ गिलास पानीमा २/३ थोपा कागतीको रस मिसाएर पिउँदा उत्तम हुन्छ।

५. मृगौला तथा पित्तथैलीमा समस्या हुने
कागती जस्ता अन्य अमिलो खानेकुरामा नाप्न सकिने मात्रामा अक्जालेट (Oxalate) पाउन सकिन्छ। यो बोटबिरुवा, जनावर तथा मानवशरीरमा पाइने प्राकृतिक तत्व हो। जब हाम्रो शरीरमा अक्जालेटको मात्रा बढि हुन थाल्छ, तब त्यो थिग्रिएर पत्थरमा परिणत हुन थाल्छ र विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउन सक्दछ।

त्यसैले पहिल्यै देखि मृगौला तथा पित्तथैलीको समस्या भएका व्यक्तिहरूले कागती तथा अन्य अमिलो पदार्थको सेवन गर्नु हानिकारक हुन्छ।

६. बारम्बार पिसाब लाग्ने र निर्जलीकरण हुने
कागतीमा प्रशस्तै भिटामिन-सी हुन्छ, जुन ‘एस्कर्बिक एसिड’ (Ascorbic acid) को रूपमा पाउन सकिन्छ। यो एसिडको एउटा विशेषता के हो भन्दा, यसले मृगौलाको काम गर्न प्रक्रियालाई छिटो गराउँदछ र पिसाबको उत्पादनमा वृद्धि गराउँदछ, जसको कारण हाम्रो शरीरबाट छिटोभन्दा छिटो पानीको मात्रा घट्दै जान्छ र निर्जलीकरण हुने समस्या देखा पर्न सक्दछ।

अन्त्यमा, आफ्नो स्वास्थ्य स्थितिलाई मध्यनजर गरेर मात्रै कागती पानीको सेवन गर्न थाल्नुहोस्। दिनमा एउटा भन्दा बढि कागतीको सेवन नगर्नुहोस्। यदि कागती पानी अथवा कागतीको जुस पिउँदा माथि उल्लेख गरिएअनुसारको साइडइफेक्ट देखिन थाल्यो भने पिउन बन्द गर्नुहोस्। तर याद राख्नुस्, नियमित आवश्यक मात्राका कागती सेवन स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger