जेठ २७, काठमाडौं । भगवानले पनि आफुले गरेका गलत कर्मको लागि सजाय भोग्नुपर्छ । भारतको छत्तिसगढको बस्तर जिल्लास्थित केशकाल नगरमा भंगाराम देवीको मन्दिर छ । भंगाराम देवी मन्दिर स्थानीय धेरै गाउँको आस्थाको केन्द्रको रुपमा रहेको छ । हरेक वर्ष उक्त मन्दिरमा ठूलो मेला लाग्छ । मेलामा स्थानीय आसपासका सबै गाउँका मानिसहरुले आ आफ्ना देवी देवता लिएर उक्त मन्दिरमा पुग्दछन् । एउटा देव अदालत खडा गरिन्छ त्यहाँ । उक्त अदालतमा गाउँलेहरुले देवी देवताहरुलाई प्रतिवादी बनाएर उजुरी हाल्छन् ।

सबै दोषी देवी देवताहरुलाई देव अदालतमा पेश गरिन्छ । उक्त देव अदालतको न्यायाधीशको रुपमा मन्दिरका पुजारी भंगारामले दिनभर अदालतमा मुद्धाको सुनुवाई गर्दछ र बेलुकी फैसला सुनाइन्छ । देवी देवताहरुले गाउँलेउपर गरेका अन्याय तथा अपराधकर्मको लागि सजायँ सुनाइन्छ । जसमा ६ महिनासम्म निष्कासन गर्नेदेखि लिएर अनिश्चितकाल सम्मका लागि निष्कासन गर्ने सम्मको हुन्छ । यति मात्र होइन, देवी देवतालाई मृत्युदण्डको सजाय समेत दिइन्छ । मृत्यु दण्डको सजायँ दिँदा भगवानको मूर्तिलाई फोडिन्छ । बालीनालीको उत्पादन कम भएमा, घरपालुवा पशुहरुलाई रोगविमार लागेमा तथा गाउँलेहरु बिरामी परेमा वा अकालमा मरेमा पनि देवी देवताहरु विरुद्ध देव अदालतमा मुद्धा हाल्ने गरिएको छ । रोचक कुरा त के भने यो मेलामा महिलाहरुलाई भने जान निषेध गरिएको छ र जात्राको प्रसाद खान पनि दिइँदैन । यस सम्बन्धि वृतचित्र भिडियो हेर्नुहोस
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment