Headlines News :
Home » » आँखा हेरेर गुण र क्षमता थाहा पाउन सकिन्छ..

आँखा हेरेर गुण र क्षमता थाहा पाउन सकिन्छ..

Written By news on Monday, 13 June 2016 | 04:09

काठमाडौं, ३१ जेठ । मानिसले कसैलाई भेट्ने वित्तिकै आँखामा हेर्ने गर्दछन् । आँखालाई आत्माको ऐना पनि भन्ने गरिन्छ । आँखाको रंग, दूरी र आकार अनुसार मानिसको गुण र क्षमता पनि फरक हुने गर्दछ । त्यसैले यसबारे यहाँ छोटो जानकारी दिइएको छः

१.बदामे आँखा
यस खालका आँखा हुने मानिसहरु निकै अनुशासित हुन्छन् । यस्ता मानिसले आफ्ना भावनालाई व्यवस्थापन गर्न सक्दछन् । यस्ता मानिसहरु निकै व्यवहारिक पनि हुन्छन् भने गोप्यता भंग गदैनन् । साथै यी मानिसहरु दयालु तथा संयमित हुन्छन् ।

२. गोला आँखा
गोला आँखा भएका मानिस निकै भावुक हुने गर्दछन् । यस्ता मानिसले आफ्नो कुरा लुकाउदैनन् । गोला आँखा भएमा मानिसहरु सामाजिक, कलात्मक, सबैका प्रिय तथा सिर्जनात्मक हुन्छन् ।

३. नजिक रहेका आँखा
दुवै आँखा नजिक भएका मानिससँग ध्यान केन्द्रित गर्ने उच्च क्षमता हुन्छ । यस्ता मानिसले जे कुरालाई पनि गहिराईमा गएर बुझ्ने प्रयास गर्दछन् । यस खालका मानिस चाँडो रिसाउने गर्दछन् भने सहने शक्ति निकै कम हुन्छ ।

४. टाढा रहेका आँखा
आँखाबीचको दुरी धेरै भएका मानिसहरु जस्तो अवस्थामा पनि घुलमेल गर्न सक्ने, लचकदार तथा सहनशील हुन्छन् । जीवन र जगतप्रति फराकिले सोंच राख्दछन् । यस्ता मानिसले अरुको राम्रो कामलाई प्रशंसा गर्दछन् भने गल्ती गरेमा रचनात्मक सुझाव दिन्छन् ।

५. भित्र गडेका आँखा
आँखा भित्र गडेका मानिसहरुको इच्छाशक्ति उच्च हुन्छ भने उनीहरु होसियार तथा प्रगतिशील हुन्छन् । यस्ता मानिसहरु प्रायः लेखन तथा सिर्जनशील कार्यमा व्यस्त हुन मन पराउँछन् । आफ्नो वरपर घट्ने घटनालाई निकै ध्यान दिएर हेर्ने र सही निष्कर्ष निकाल्ने गर्दछन् ।

६. बाहिर निस्केका आँखा
आँखा बाहिर निस्केका मानिसहरु निकै उर्जावान हुन्छन् । उनीहरु हरेक क्रियाकलापमा सहभागी हुन मन पराउँछन् । तर यस्ता मानिसलाई वेवास्ता गरिदिने हो भने निकै दुःख मान्ने गर्दछन् । आफूलाई वेवास्ता गर्ने मानिसलाई घृणा गर्न शुरु गर्छन् ।

७. चम्किला आँखा
चम्किला आँखा भएमा मानिसहरु निकै मिलनसार हुन्छन् । साथै यस्ता मानिसहरु कमलो मन भएका पनि हुन्छन् । यस्ता मानिसहरु सजिलै खुशी हुन सक्दछन् ।

८. ठूला आँखा
ठूला आँखा हुने मानिस निकै फराकिलो सोंचका हुन्छन् । यस्ता मानिसले ज्ञानको खोजी गर्ने असिमित उत्सुकता हुन्छ । नयाँ नयाँ विचारलाई प्रतिपादन गर्ने हुदाँ यी मानिसहरु पनि सिर्जनशील हुन्छन् । साथै दया, सहानुभूति, वौद्धिकता जस्ता गुण यी मानिसमा पाइन्छ ।

९.साना आँखा
साना आँखा हुने मानिसहरु जे कुरालाई पनि निकै सचेत भएर हेर्ने गर्छन् । हरेक कुरालाई पूर्णरुपमा राम्रो बनाउन खोज्दछन् र काम गर्दा पनि निकै ध्यान दिने गर्छन् । यस्ता मानिसहरु दूरदृष्टि राख्ने, तेज दिमाग भएका र आफूले गर्ने काममा निकै सिपालु हुन्छन् ।

१०. काला आँखा
काला आँखा हुने मानिसलाई इमान्दार मान्ने गरिन्छ । यस्ता मानिसहरु जिम्मेवार पनि हुन्छन् । यी मानिसले आफ्नोबारे अरुलाई भन्दैनन् वा आफ्ना कुरालाई गोप्य राख्दछन् । त्यस्तै यी मानिसहरुमा सक्रियता र तीव्रता निकै हुन्छ ।

११. रातो आँखा
रातो आँखा हुने मानिस निकै रिसाहा हुन्छन् । यस्ता आँखा हुने मानिस सानो कुरालाई लिएर पनि झगडा गर्दछन् ।

१२. खैरा आँखा
खैरा आँखा हुने मानिसहरु निकै धैर्यवान हुन्छन् । उनीहरुको बानी निकै राम्रो हुन्छ भने उनीहरु निकै बफादार पनि हुन्छन् । यस्ता मानिसहरु स्वतन्त्र हुन मन पराउँछन् भने कुनैपनि चुनौतिलाई साहसपूर्वक सामना गर्न तैयार हुन्छन् ।
१३. निला आँखा
निला आँखा हुने मानिसहरु निकै भरपर्दा हुन्छन् । यस्ता मानिसहरु शान्त प्रकृतिका हुन्छन् ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger