Headlines News :
Home » » टिचिङको लापरवाहीले गयो आमा र बच्चाको ज्यान !

टिचिङको लापरवाहीले गयो आमा र बच्चाको ज्यान !

Written By news on Monday, 13 June 2016 | 04:03

काठमाडौं – टिचिङ अस्पतालको लापरवाहीले मेरी श्रीमती र बच्चाको ज्यान गएको छ । मेरी श्रीमती मीना गर्भवती भएपछि हामीले शुरुदेखी अन्तिम पटकसम्म टिचिङ अस्पतालकै श्वास्थ्यकर्मी डा. नितु प्रधानसँग परामर्श गरिरहेका थियौं । अघिल्लो दिनसम्म सबै अवस्था ठिक थियो ।

डेलिभरीको लागि अस्पताल भर्ना हुनु भन्दा अगाडि पनि बच्चाको भिडियोएक्सरे गरेको थिएँ । बच्चाको मुटुको धड्कन पनि राम्रो थियो । जेठ १३ गते बेलुकी ५ बजे अस्पतालमा भर्ना गरेको हो । १४ गते बच्चा नर्मल डेलीभरीमै जन्मेको हो । बच्चा जन्मेपछि रोएको आवाज सुनेको नजिकको वेडका बिरामीले मलाई बताएका थिए ।

कतिवेला बच्चा हेर्न पाइएला भनेर लेवर रुमको ढोकैमा कुरेर बसेको मलाइ बच्चा जन्मेको २ घन्टापछि मात्र मृत्यु भइसकेको बच्चा लिएर दिएका थिए । अघिल्लो दिनसम्म मुटुको चाल राम्रो थियो । तर जन्मिएपछि एक्कासी बच्चाको मुटुको धड्कन नै थिएन भन्ने आरोप लगाए ।

३१ वर्षको उमेरमा पहिलो बच्चा जन्माउन लागेका हामी दम्पत्ति बच्चा आउने दिनको प्रतिक्षामा थियौं । तर यो दिन मेरो जीवनमा कहिल्यै बिर्सिन नसकिने घाउ बनेर आइपुग्यो ।

बच्चाको डेथ भइसकेपछाडी सुत्केरी भएको २ घन्टा पछि मात्र आमाको अवस्था पनि नाजुक छ छिटै औषधी र रगतको व्यबस्था गर्नुस भनेर अस्पतालले खवर गरेको थियो । बच्चालाइ गुमाउनु परेपनि आमालाइ सकेसम्म बचाउनुपर्छ भनेर हामी सबै दौडधुपमा लाग्यौं ।

उनको रगत बगिरहेको रहेछ । तर हामीलाइ २ घन्टापछि मात्र थाहा दिइयो । जवकी सुत्केरी हुने बेलामा पहिल्यै रगत पनि चाहिन सक्छ रगतको जोहो गर्नु भनेर भन्ने चलन हुन्छ तर हामीलाई सब नर्मल छ भनेर भनिएको थियो ।

लेवररुम प्रशासनले सुत्केरी हुनासाथ नै खवर नगरेर किन २ घन्टापछि मात्र खवर गर्यो यसमा हामीलाइ गम्भिर आशंका छ । मिनाको नियमित चेकअप गरिरहेकी डा. निलम प्रधानकै नेतृत्वको टिमले उनको डेलीभरी गराएको हो । तर सिकारु टिमले डेलिभरी गराएको हुनाले उनको डेलिभरी प्रकृयामै लापरवाही भएको हो । अस्पतालले हामीलाइ यहीं कारणले आमा र बच्चाको ज्यान गएको हो भनेर चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।

रगत निरन्तर बगिरहेको हुनाले पाठेघर नै फालेपछि रगत थामिन्छ कि भनी १० घन्टा जति पछि अप्रेशन गरेर उनको पाठेघर पनि फालिएको थियो । फेरी पनि उनलाइ रगत बग्न रोकिएन । आइसियूको भेन्टिलेटरमा राखेर १७ दिन उपचार गर्दा पनि उनलाइ बचाउन सकिएन ।

राम्रो उपचार सुबिधाको लागि बेलैमा अस्पताल आउँदा पनि मैले मेरो श्रीमती र बच्चालाइ सकुशल भर फर्काउन सकिन । अस्पतालको लापरवाहीकै कारण आज मैले मेरो परिवार र बच्चा गुमाउन पुगेँ । अव न्यायको लागि प्रशासनको ढोका ढक्ढकाउँछु । मैले जस्तो दुःख अरु कसैले भोग्नु नपरोस भन्नको लागि पनि मैले अस्पतालका दोषीहरुलाइ कार्वाहीको दायरामा ल्याउनैपर्छ । मेरी श्रीमतीको केशमा अस्पतालले कि चित्तबुझ्दो जवाफ दिनुपर्छ कि गल्ती गरेपछि सजायँको भागीदार हुनुपर्छ ।

(मीनाका श्रीमान राजन पाठकसँगको कुराकानीमा आधारित)

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger