Headlines News :
Home » » देशैभरका एनसेल टावरमा प्रहरीको सुरक्षा निगरानी..

देशैभरका एनसेल टावरमा प्रहरीको सुरक्षा निगरानी..

Written By news on Monday, 13 June 2016 | 04:23

काठमाडौँ। नेकपा माओबादी 'विप्लप' समर्थतित कार्यकर्ताहरुले देशभर रहेका नीजि दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी गर्न थालेपछि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले त्यस्ता बिटियस टावर भएका ठाउँमा कडा सुरक्षा निगरानी  बढाएको  छ।   नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक माधव जोशीका अनुसार अहिले देशभर रहेका   एनसेलका टावरमाथि सुरक्षा निगरानी बढाइएको छ। त्यसैगरी, कंचनपुर प्रहरीलेनि देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै  यहाँका प्रहरीले ६० वटा टावरमा सुरक्षा पहरा दिएको छ । देशका अन्य भागमा विप्लप माओवादीले टावरहरुमा आक्रमण थालेपछि कञ्चनपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । “साठीवटै टावरमा कम्पनीका गार्डहरुलाई समेत समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ” प्रवक्ता खनालले भने–“यहाँ आठवटा टावर घरको छत र बाँकी ५८ वटा टावर निजी जमिनमा जडान गरिएका छन् ।” नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि टावरहरुको सुरक्षा सतर्कता बढाएको जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले यहाँका सबै एनसेल टावरमा निगरानी राखेको बताए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger