Headlines News :
Home » » यी हुन् लाउँ लाउँ खाउँ खाउँका यूबा यूबतीहरु, जसले माया संग मृत्यु साटे !

यी हुन् लाउँ लाउँ खाउँ खाउँका यूबा यूबतीहरु, जसले माया संग मृत्यु साटे !

Written By news on Thursday, 2 June 2016 | 00:58

प्रेमकै कारण संसारमा केही पात्रहरु अमर छन् । तर कयौं पात्रहरु यस्ता पनि छन् जसले प्रेमकै कारण अल्पायूमै मृत्युवरण गरे । प्रेमका परिभाषाहरु नभई प्रवृत्तिहरु वदलिदा पछिल्लो समय नेपालमा पनि हत्या र आत्महत्याको दर बढिरहेको छ । माया, विश्वास, समर्पण र घात,त्यसपछि मृत्यु । यो अहिले नेपाली परिवेशमा प्रेमको अर्को परिभाषा बन्न थालेको छ ।

‘के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ ? भयानक हुन्छ, होइन त ? यसले तपाईंलाई साह्रै नाजुक बनाउँछ । यसले तपाईंको छाती खोलिदिन्छ, तपाईंको हृदय उघार्छ र यसको मतलब कोही त्यहाभित्र पसेर तपाईंलाई भद्रगोल पारिदिन सक्छ ।’ अँग्रेजी लेखक नील गइम्यानका यी परिभाषाहरुसँग तपाई सहमत नहुन सक्छ ।

प्रसिद्ध अभिनेता तथा संगीत सर्जक जोन क्रफोर्ड भन्छन् ‘प्रेम आगो हो । तर यसले तपाईंको हृदयलाई न्यानो दिनेछ वा तपाईंको घर जलाइदिनेछ, केही भन्न सकिँदैन ।’ यी भनाईसँग तपाई सहमत हुनुहोस् या नहुनुहोस् तर प्रेमका यी दुई परिभाषाहरुसँग हाम्रो मलुकमा भइरहेको हत्या र आत्महत्याका पछिल्ला श्रृङ्खलाहरु मिल्दाजुल्दा छन् ।

पछिल्ला घटनाहरु :

घटना १

-कास्कीकी नेहा पुन उनैले दाइ मानिएका व्यक्तिसँगको प्रेममा थिइन् । अन्ततः तिनै दाइसँगको विश्वास, प्रेम र समर्पणले उनको ज्यान गयो।
घटना २
-झापाकी भेनिसा लिम्वु एक युवासँग प्रेममा परिन् । प्रेम, नशा र रोमान्स भेनिसाको हत्यासम्म पुग्यो ।
घटना ३
-नवलपरासीकी मनिषा घर्तिमगर । स्थानीय युवासँग प्रेममा थिइन् । तर त्यही प्रेम उनको अन्त्यका लागि काफी भयो ।
घटना ४
-वारा कलैयाका सन्तोष साहलाई प्रेमिका निभाले घरैमा वोलाएर हत्या गरिदिए ।

उल्लेखित दुखद घटनाहरुको एउटै कारण देखिन्छन्,प्रेम । कतै प्रेम विषाक्त बन्दै गएको त होइन ? आम मानिसहरुमा आशंका छ । समाजमा आत्महत्या वृद्धि भैरहेको छ । प्रहरीको अनुसन्धानले समेत पुष्टि गर्छ, अनेक आयामहरुमध्ये प्रेम मृत्युका कारक बन्दै गइरहेको छ।

सामाजिक, धार्मिक, कानुनी र स्वास्थ्यसम्बन्धी दृष्टिकोणहरू आत्महत्यालाई अलगअलग ढङ्गले व्याख्या गर्दछन् । मनोचिकित्सकहरु मानसिक रोग, डिप्रेसन, स्क्रिजोफ्रेनिया, आत्तिने रोगलगायतले आत्महत्यासम्मको स्थितिमा मानिसहरु पुग्ने बताउँछन् । सम्वन्धमा दिक्क लाग्ने, जाँगर नलाग्ने, थकावट, नकारात्मक विचार, जीवनप्रति घृणालगायतले मनिसहरुलाई मृत्युसम्म पु¥याउने दावी गर्छन् ।

प्रेम गर्ने मान्छेहरु क्रुर हुनै सक्दैनन् भन्ने मान्यता बोकेकाहरुका लागि नेपालको माथि उल्लेखित घट्नाक्रमहरुले एकपटक सोच्न बाध्य बनाएको छ । प्रेममा महत्वकांक्षा, स्वार्थ, आशक्ति, घृणा, तनाव र वदालाका भावले मानिसहरु प्रेमका लागि र प्रेमकै कारण जीवन वमन गरिरहेका छन् । यसमा आधुनिक जीवनशैलीको प्रभाव र प्रेमका नाममा भित्रिएका छाडा प्रवृत्ति मूख्य जिम्मेवार छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger