Headlines News :
Home » » अर्थशास्त्री चाणक्यका यी १० नीति जुन जिवनलाइ नै परिवर्तन गर्दछन् । तपाइ पनि अनिवार्य अध्ययन गर्नुहोला

अर्थशास्त्री चाणक्यका यी १० नीति जुन जिवनलाइ नै परिवर्तन गर्दछन् । तपाइ पनि अनिवार्य अध्ययन गर्नुहोला

Written By news on Thursday, 2 June 2016 | 01:22


प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन् चाणक्य । उनको जीवन दर्शन पुर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका कारण नै सम्राट सिकन्दरले भारत छोड्न बाध्य भएका थिए । चन्द्र गुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । तीनै महान व्यक्तिले भनेका गोप्य राख्नुपर्ने केही महत्वपूर्ण भनाईहरु यहाँ प्रस्तुत छ ।
१. शिक्षा सबैभन्दा राम्रो साथी हो । एउटा शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान प्राप्त गर्छ ।
२. तपाईको आफ्नो सफलताको रहस्य कसैलाई पनि नखोल्नु । यसले तपाईलाई बर्बाद गरिदिन सक्छ ।
३. हर मित्रताको पछाडि कुनै कुनै स्वार्थ लुकेको हुन्छ ।
४. हामी भूत र भविष्यको बारेमा चिन्तित हुन बेकार छ । विवेकवान व्यक्ति हमेशा वर्तमानको बारेमा सोच्छ ।
५. कुनैपनि काम गर्दा तिन कुरा ख्याल गर्नु पर्छ । १. म यो काम किन गरिरहेको छु ? २. यसको परिणाम के हुन्छ ? ३. के म यसबाट सफल हुन्छु ?
६. कोही पनि व्यक्ति जन्मले महान हुन्दैन उसको कर्मद्धारा मात्र महान हुन्छ ।
७. जब तपाई अगाडि भय आउछ, तब तपाईले त्यसलाई नष्ट गर्नुपर्छ ।
८. फूलको सुगन्ध हवाको दिशामा भर पर्छ, तर एउटा सच्चा मान्छेले चारैतिर आफ्नो प्रभाव जमाउन सक्छ ।
९. जन्मदेखि ५ वर्षसम्म तपाईले आफ्नो सन्तानलाई माया गर्नु । १० वर्षसम्म दण्ड दिनु । जब १६ वर्षको हुनेछ त्यसपछि साथी जस्तो व्यवहार गर्नु ।
१०. एउटा खराब साथीको कहिल्यै विश्वास नगर्नु । राम्रो साथीको पनि पुरै विश्वास नगर्नु । जब उनीहरु तपाईबाट कुनैबेला रुष्ट हुनेछन् तब तपाइलाई बर्बाद गरिदिन सक्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger