
हाइलाईट्स नेपाल र हाइलाइट्स नेपालका मालिक ओम गुरुङ को मिलेमतोमा ड्रीम्सका अवैध कपी गर्ने काम हुँदै गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। भुवनले हाइलाइट्सलाई ड्रीम्सको सिडी र अनलाइन राइट्स चलचित्र रिलिजको एक वर्षपछि सार्वजनिक गर्ने सहमतिमा ड्रीम्सको मास्टर कपी दिएका थिए। सोही मास्टर कपीबाट हाइलाइट्सका प्रोपराइटर ओम गुरुङ र उनका नातेदार विधान गुरुङ मिलेर अवैध पाइरेसी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। नायक निर्देशक भुवन केसीले कहानगरीय प्रहरी वृत्तका अपराध अनुसन्धान प्रमुख सर्वेन्द्रनाथ खनाल र एमाले अध्यक्ष एवं प्रधानमन्त्री के.पी ओली लाई अपराधी पत्ता लगाउन निवेदन दिएको भोलिपल्ट प्रहरीले हाइलाइट्सका प्रमुख ओम गुरुङ विधान गुरुङ र चलचित्रलाई भाईरल गर्ने चन्द्र नवेजुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्तमा राखिएको समाचार छ। अवको प्रक्रिया के हुन्छ त?भनी सोध्दा भुवनले प्रहरी सामु सबभन्दा पहिला दोषी को हो त्यसलाई हदैसम्मको कारवाही र त्यसपछि नब्बे लाख बराबर घाटा भएकाले क्षतिपुर्ति समेत तिराउने प्रक्रियामा आफु रहेको बताएका छन्। यतिवेला हाइलाइट्सका स्टाफ विधान गुरुङ र चन्द्र नवेजु प्रहरी हिरासतमा छन् भने हाइलाइट्सका प्रमुख ओम गुरुङलाई प्रहरीले कागज गराई छाडिएको समाचार छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment