Headlines News :
Home » » आँखाको दृष्टि जोगाउने ७ उपाय ( जानिराखौं )...

आँखाको दृष्टि जोगाउने ७ उपाय ( जानिराखौं )...

Written By news on Wednesday, 8 June 2016 | 05:37

-डा.राजेन्द्र के.सी.
सामान्य र स्वस्थ आँखाले विना कुनै दुखाई टाढा एवम् नजिकको वस्तु स्पष्ट हेर्न वा देख्न सक्दछ । कुनै व्यक्ति जसको आँखा सामान्य छ्रैन उसले टाढाको बस्तु धमिलो देख्न सक्दछ । टाढाको बस्तु हेर्न आँखाका परेलाहरु च्यातेर हेर्नुहुन्न यदि यसो गरेमा आँखा दुख्छ ।
कुनै बस्तुलाई हेरिरहँदा पनि आँखा दुख्छ । सामान्य आँखा दिनभर निरन्तर घुमिरहन्छ । यसले आफ्नो फोकस एक ठाउँबाट अर्कोतर्फ हेर्दा परिवर्तन गरिरहन्छ । अर्कोतर्फ असामान्य आँखा नजिकको बस्तु हेर्दा स्थिर हुन्छ । त्यसैले आखाँ चलायमान हुन आवश्यक ठानिन्छ । कुनै पनि सिंगो बस्तुलाई पूर्णरुपमा हेर्नुभन्दा त्यसको कुनै भागलाई पहिले हेर्ने र त्यसपछि विस्तारै सिंगो बस्तुलाई हेर्नुपछ । सबै आँखालाई आराम प्रदान गर्नुपर्छ ।

यो जान्न हामीले पढ्दा, लेख्दा, सिउँदा, बुन्दा, टि.भी. वा सिनेमा हेर्दा हाम्रो आँखालाई कसरी प्रयोग गर्नुपर्छ ।

१. झिम्क्याउने
निरन्तररुपमा आँखा झिम्काउन सिक्नुपर्छ । शुरुवातमा यो सचेत रहेर गर्नुपर्छ । पछि गएर यो बानी बन्ने हुन्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउनु पर्ने हुन्छ । आँखा झिम्काउँदा आँखालाई आराम हुन्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

२. पढाइ र लेखाइ
पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नुहुनन । आँखा र कितावको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाएपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छयापेर आराम दिन सकन्छि । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

३. यात्रा गर्दा पढाइ
गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाल्ने भए पनि बाहिरपट्टी पछाडि गइरहेका÷छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

४. रातमा पढाइ
एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उन्यालो सिधा कितावमा पर्नुहुन्न । सिधा र प्रत्यक्ष प्रकाश कितावको अलि छेउमा पर्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नुहदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा टि.भीः
सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्षमुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हँुदा यो उमेरमा धेरै टि.भी, सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. सिलाइ–बुनाइ
सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनुपर्छ ।

७. चस्मा
अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालर्य असर पु¥याउँछ । राम्रो गुणस्तरको चस्मा मात्र प्रयाृेग गर्नुपर्ने हुन्छ ।

एउटै एर्व निरन्तरको चस्मा लगाइ आँखाको लागी हानिकारक हुन्छ । आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ । – स्वास्थ्य खबर ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger