|
|
गएराति रा १ ख ९२७ नम्बरको टिपर दुर्घटना हुँदा ट्रिपर चालक सल्यान माल्टा–९ निवासी २७ वर्षीय तिलकबहादुर घर्ती, पहिचान हुन नसकेका सहचालक र दाङको सैघा–२ निवासी १८ वर्षीय अजय नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश शर्माले जानकारी दिए । दुर्घटनामा परी सैघा–२ निवासी १९ वर्षीय खिमबहादुर सार्की गम्भीर घाइते भएका छन् ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि उनलाई गएराति बाँकेको नेपालगञ्जतर्फ पठाइएको प्रहरीले बताएको छ । सोनापुर सिमेन्टको लागि कच्चा पदार्थ बोकेर दाङतर्फ आउँदै गर्दा ट्रिपर दुर्घटनामा परेको हो ।
|
|
Post a Comment