Headlines News :
Home » » कपडा र मेकअपमा करोडौं खर्च गरेर हिलारी इतिहास रच्दै !..

कपडा र मेकअपमा करोडौं खर्च गरेर हिलारी इतिहास रच्दै !..

Written By news on Wednesday, 8 June 2016 | 05:23

काठमाण्डौ । अमेरिकाको इतिहासमै पहिलोपटक कोही महिला राष्ट्रपति पदका लागि चुनाव लड्दैछिन्  । हिलारी क्लिन्टन त्यस्ती पहिलो अमेरिकी महिला हुन्, जो राष्ट्रपतिको चुनाव लड्दैछिन् ।

अमेरिकामा राष्ट्रपतिको उम्मेद्वारको रुपमा छनौट हुन पनि निकै धेरै चरणहरु पार गर्नुपर्छ । सो क्रममा उनले आफूलाई जसरी सुझबुझपूर्ण ढंगले प्रस्तुत गरिन्, त्यसैगरी मतदाताहरुमा राम्रो छाप छाड्नैका लागि उनले आफ्नो पहिरनमा समेत विशेष ध्यान दिंदै आएकी छिन् । ग्ल्यामरमा विशेष ध्यान दिइरहेकी हिलारीले आफ्नो कपडामा मात्रै करिब साढे २ करोड नेपाली रुपैयाँ खर्च गर्नसक्ने अनुमान लगाइएको छ ।

भाषण गर्दा १३ लाखको ज्याकेट !
न्यूयोर्क पोष्टले लेखे अनुसार क्लिन्टनले अप्रिलमा न्यूयोर्कमा भएको एक कार्यक्रममा आयमा भएको असमानता, रोजगारको अवसर सिर्जना र सेवा निवृत हुँदाको समयमा समेत देशबासीलाई आफूले सहयोग गर्ने वचन दिइन । यो भाषणको क्रममा हिलारीले साढे १२ हजार अमेरिकी डलर अर्थात करिब १३ लाख नेपाली रुपैयाँको जिआरजियो अरमानी ट्वीट ज्याकेट लगाएकी थिइन । यो ज्याकेटमा क्लिनटनलाई निकै ग्ल्यामरस देखिएको संचारमाध्यमहरुले लेखेका छन् ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger