|
|
फिल्म ‘किक’ मा सलमान खानसँगको केमिष्ट्री सफल भएपछि ओरालो लागेको ज्याक्लिन फर्नानडेजको करिअर एकाएक उकालो लाग्यो । ‘किक’ फिल्ममा सफलता पाएपछि उनी बलिउडमा एकपटक फेरि व्यस्त नायिकाको सुचीमा गनिन थालेकी छिन् ।
उनले किक फिल्मपछि गरेका अरु फिल्महरुले राम्रो व्यवसायिक सफलता पाए । अब भने ज्याक्लिनलाई सेक्स कमेडी फिल्म खेल्न इच्छा जागेको छ । उनले एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा सेक्स कमेडी फिल्मको अफर आएमा आफु खेल्न तयार रहेको बताएकी छिन् ।
तर उनले बलिउडभन्दा पनि हलिउडबाट अफर आएमा काम गर्न तयार रहेको बताएकी छिन् ।
उनले भनेकी छिन्,‘मलाई अब बिभिन्न भुमिकामा काम गर्न मन छ । यसका लागि पनि म तयार रहेकी छु ।’
उनको पछिल्लो फिल्म ‘डिसुम’ रिलिजको संघारमा रहेको छ ।
|
|
Post a Comment