|
|
साउन १ गतेदेखि उपत्यकामा राँगाभैँसी भित्र्याउन नपाइने भएको छ। काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुरका विभिन्न नगरपालिकाको बैठकले साउन १ गतेदेखि उपत्यकामा राँगाभैँसी भित्र्याउन रोक लगाउने निर्णय गरेको हो ।
राँगाभैँसी काट्दा निस्कने फोहर बढी र त्यसले उपत्यकामा दुर्गन्धित बनाएको भन्दै ३ वटै जिल्लाका नगरपालिकाले यस्तो रोक लगाउने निर्णय गरेको हो । काठमाडौं महानगरपालिकाका प्रशासनिक तथा सांगठनिक विभाग प्रमुख तथा प्रवक्ता ज्ञानेन्द्र कार्कीले उपत्यकाका जनताले स्वस्थ्कर मासु खान नपाएका तथा अब्यव्स्थित बधका कारण फाेहर पन ज्यादै बढेका कारण रोक लगाउन प्रयास थालिएको बताए।
बाहिरबाट मासु ल्याउनु पर्ने भएपछि साना वफ मःम पसलेहरू मर्कामा पर्ने भएका छन् । एकैचाेटी धेरै मासु खपत नहुने हुँदा हामी धेरै किन्न सक्दैनाै । धेरै किनेमा बिग्रने डर हुन्छ । एक वफ मःम पसलेका अनुसार यस्ता नियम कार्यन्वयनमा अायाे भने मःम पसल नै छाेड्नु पर्ने सम्भावना बढेकाे हाे ।
|
|
+ comments + 1 comments
Byabastit garnu ko sato yo sarkar kati nikamma bhayae ko.Slutter hause lai byabastit garera tyaha bata aayae ko fohar lai biogas utpadan ma lagauna sake slutter house ma use hunae LPG ma bhari kami aaucha.. ani cultural prispect ma Newar samudayae ma especially jyapu haru ko ma ta ita moat.. yo na janera kaam gariyo wa hepera kaam gariyae ko ho tara ranga bhanda badhi khasi maar hanincha tyasko birod kina bhayaena.. ke yo jatiyae bhed bhab ho yo??
Post a Comment