Headlines News :
Home » » ५ जना किसान पुरस्कृत, वार्षिक आम्दानी करोड ..

५ जना किसान पुरस्कृत, वार्षिक आम्दानी करोड ..

Written By news on Thursday, 30 June 2016 | 01:44


काठमाडौँ,१६ असार ।
 राष्ट्रिय धान दिवसको अवसर पारी सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई पुरस्कृत गरेको छ । कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सर्वोत्कृष्ट १ जनालाई २ लाख र अरु ४ जनालाई १ लाखका दरले पुरस्कृत गरेको हो ।
पहिलो हुने इमानबहादुर गुरुङ भैंसीपालक कृषक हुन् । अन्य पुरस्कृत कृषकहरु एकीकृत कृषि, मौरीपालन, खाद्यान्न विउ उत्पादन र केरा खेतीमा संलग्न छन् । सरकारले ५ वटा विकास क्षेत्रबाट १/१ जनालाई पुरस्कृत गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रः इमानबहादुर गुरुङ

कास्की ७ लाहाचोकका इमानबहादुर गुरुङ सर्वोत्कृष्ट किसानको रुपमा पुरस्कृत भएका छन् । लाहाचोक गाविसमा उनले १ सय ९० रोपनी जग्गा भाडामा लिएर भैसी पालन व्यवसाय गर्दै आएका छन् । उनको भैंसी फार्मबाट दैनिक कम्तीमा ३ सय ५० लिटरदेखि ८ सय लिटरसम्म दूध उत्पादन हुने गर्छ । उक्त व्यवसायबाट गुरुङले ३७ जनालाई रोजगारी दिएका छन् । उनले भैंसी व्यवसायबाट वार्षिक १ करोडभन्दा बढी आम्दानी गर्ने गरेको कृषि मन्त्रालयले जनाएको छ ।

मध्यमाञ्चल क्षेत्रः रङमान तामाङ

रामेछाप, मन्थलीका रङमान तामाङ मध्यमाञ्चल क्षेत्रको उत्कृष्ट कृषकको रुपमा छानिएका छन् । उनी एकीकृत कृषि व्यवसायी हुन् । १ सय ५० रोपनी क्षेत्रफलमा पशुपालन गरेका उनले थप २५ रोपनी जमीनमा अलैंची, ४० हजार चिया र कफीका विरुवा उत्पादन र ४० रोपनी क्षेत्रफलमा किवी फल उत्पादन गर्दै आएका छन् ।

यस्तै उनले २५ वटा हेम्पसायर प्रजातिको वंगुर र ३० वटा जमुनापारी प्रजातिका बाख्रा पालन गर्दै आएका छन् । यो व्यवसायबाट उनले ११ जनालाई रोजगारी दिएका छन् । उनको वार्षिक आम्दानी करिब ३७ लाख हुने गरेको छ ।


पूर्वाञ्चल क्षेत्रः देवीकुमारी ओली

झापा, शिवसताक्षी ७ की देवीकुमारी ओली उत्कृष्ट मौरी व्यवसायी बनेर सम्मानित भएकी हुन् । सहकारीमार्फत मौरी व्यवसाय शुरु गरेकी उनले अहिले वार्षिक १३ लाखसम्म आम्दानी गर्ने गरेकी छिन् । यसका अतिरिक्त उनले मौरी पालन तालिम समेत दिँदै आएकी छिन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रः शर्मा चौधरी

राजापुर नगरपालिका-१२ बर्दियाका शर्मा चौधरी खाद्यान्न एवं तेलहन बाली बीउ उत्पादनका क्षेत्रमा उत्कृष्ट भएका हुन् । उनले बर्दियामा १ सय १३ कट्ठा जमिनमा धान, गहुँ, तोरी आदि उत्पादन गरी वार्षिक ७ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यस्तै उनलाई बाली सघनतामा जोड दिएको र बीउ संचय गर्ने गरेका कारण पनि सम्मान गरिएको हो ।

सुदूरपश्चिमाञ्चलः विनोदकुमार शाह

सुदूरपश्चिमाञ्चलबाट कैलाली टिकापुर-१४, का विनोदकुमार शाह उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका छन् । उनले करिब ५० हेक्टर क्षेत्रफलमा केरा खेती गरेर वार्षिक करिब १९ लाख १४ हजार आम्दानी गर्ने गरेका छन् । उक्त व्यवसायबाट उनले दैनिक एक सय ५४ जनालाई रोजगारी दिँदै आएका छन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger