Headlines News :
Home » » कनकमणिको मुद्दा फैसला विवादमा तानियो, कनकपत्नी शान्ता र सुशीला नातेदार रहेको खुलासा..

कनकमणिको मुद्दा फैसला विवादमा तानियो, कनकपत्नी शान्ता र सुशीला नातेदार रहेको खुलासा..

Written By news on Wednesday, 8 June 2016 | 04:37

काठमाडौं– साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेलगत्तै सर्वोच्च अदालतमा परेको रिटमाथि भएको फैसला विवादमा तानिएको छ । दीक्षितकी पत्नी शान्ता (बस्नेत) दीक्षितले श्रीमानलाई गैरकानुनी ढंगले पक्राउ गरिएको भन्दै बैशाख १५ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको दायर गरेकी थिइन् । सो रिटमा कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्माको संयुक्त इजलाशले दीक्षितलाई थुनामुक्त गर्न आदेश दिएको थियो । तर, कार्की र दीक्षितपत्ती शान्ताबीच हाड नाता रहेको तथ्य फेला परेसँगै फैसला विवादमा तानिएको हो । स्रोतका अनुसार सुशीला र शान्ताबीच ७ पुस्ताभित्रको नाता रहेको छ । मुलुकी ऐन र न्यायालयको आचारसंहिता मान्ने हो भने सुशीलाले शान्ताको कुनै पनि मुद्धा हेर्न नमिल्ने कानुनविद्हरुको धारणा छ । तर सर्बोच्च अदालतको प्रधानन्यायाधीशको गरिमामय पद सम्हाल्ने तयारीमा रहेकी सुशीलाले कामु प्रधानन्यायाधीश हुँदै कानुन र न्युनतम आचार संहिताको समेत कुनै प्रवाह नगरी शान्ताको मुद्धा हेरेकी हुन् । कामु प्रधानन्यायाधीश सुशीलाको यस्तो रबैयापछि उनीमाथि नैतिक तथा कानुनी प्रश्न खडा भएको एक कानूनविद्ले बताए ।
भ्रष्टाचारको अभियोगमा दीक्षित गत वैशाख १० गते पक्राउ परेका थिए । पक्राउ परेलगत्तै दीक्षितलाई महानगरिय प्रहरी वृत्त गौसालामा राखिएको थियो । त्यहाँ एक रात बसेपछि उनी बीर अस्पतालको आईसीयूमा भर्ना भएका थिए । अख्तियारको हिरासतमा रहेकै बेला प्रत्यक्षीकरण आदेश जारी पाउँ भन्दै शान्ताले मुद्धा दायर गरेकी हुन् । सुशीलाको फैसलाबारे टिप्पणी गर्दै एक बरिष्ठ कानुन व्यवसायी भन्छन, ‘आफ्नो सात पुस्ताको नाताभित्रको मुद्धा हेर्नु हुँदैन । यसो गर्नु कानुन र आचार संहिताकै ठाडो वर्खिलाप हो ।’ सुशीला – शान्ताको नाता नालीबेली सुशीलाको जन्म धनकुटाको फलाटेमा भएको हो । नाता अनुसार सुशीला–शान्ता फुपु भदैनी हुन् । अर्जुन वीर बस्नेतका ३ छोरा थिए – नरवीर, चन्द्रवीर र तिलविक्रम बस्नेत । यसअनुसार शान्ता नरबीरकी खनातिनी हुन् भने सुशीला तिलबिक्रमको पनातिनी । यसलाई अझै यसरी बुझौं । नरविक्रमका ४ छोरा थिए । ती मध्ये खड्गबहादुर बस्नेत, खड्गबहादुरका छोरा दलबीर बस्नेत, दलबीर बस्नेतका छोरा रामबीर बस्नेत, रामबीर बस्नेतकी छोरी शान्ता बस्नेत । शान्ताको ललितपुर पाटनढोका बस्ने कनकमणि दीक्षितसँग प्रेम विवाह भएको थियो । अव अर्को तिर नर विक्रम बस्नेतको भाइ तिलविक्रम बस्नेतको ४ छोरा मध्ये कान्छो छोरा हेमविक्रम बस्नेत हुन् । हेमविक्रमकी छोरी लिलाकुमारी बस्नेतको कार्कीसँग विवाह भएको थियो । लिलाकुमारीबाट सुशीलाको जन्म भएको हो । सुशीलाको काँग्रेसका पुराना नेता दुर्गा सुवेदीसँग विवाह भएको हो । यसरी कामु प्रधानन्यायाधीश सुशीला र कनक पत्नी शान्तावीच सात पुस्ता भित्रको नाता पर्छ । कानुनी परिभाषा अनुसार यो सम्बन्ध भनेको अपुताली खान पाउने हाड नाता हो । यो नाता अनुसार कुनै पनि हिसावले सुशीलाले कनक पत्नी शान्ताको मुद्धा हेर्नै मिल्दैन । मुलुकी ऐन के भन्छ ? दुनियालाई कानुन, विधिको शासन र आचार संहिता पालना गर्न नैतिकता सिकाउने न्यायालयका प्रमुख सुशीलाबाट यो स्तरको व्यवहार भएबाट न्यायलय भित्र पनि परिबारवाद र नाताबाद हावी भएको बहस प्रारम्भ भएको छ । सुशीलाको उक्त फैसलापछि कानुन र आंचार संहिताको उलंघन भएको छ । मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बरले स्पष्ट रूपमा भन्छ, ‘हाडनाताभित्रको मुद्धा कुनै पनि न्यायाधीशले हेर्न मिल्दैन ।’ मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर प्रष्ट लेखिएको छ, ‘आफना हाडमा अपुताली परे खान पाउने नाता र मामा, माइजु, सानी ठूली आमा, सानो ठूलोबाबु, सासु, ससुरा, फुपु, फुपाजु, जेठु, साला, मीत, आफना दिदीबहिनी, छोरी र यिनै दिएका ज्वाई, भानिज, भान्जी, भान्जी वुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरु–गुरुमा, मन्त्र सुनाएका शिष्य–शिष्यनी, आफूले लेनदेन कारोबार गरेका र नोकर–चाकर र लेखिएका मानिसको एकाघरसँग बसेका जहानको र झगडिया मानिसको मुद्धा पर्न आएमा आफूले हेर्न हुँदैन ।’ त्यसरी नै मुलुकी ऐनको अपुतालीको महलको १ नम्बरले हक वाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंशियार हुन्छ भनेको छ । यसबारे प्रतिक्रिया लिन सुशीला कार्कीलाई पटकपटक सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger