|
|
विवादको घरका रुपमा चिनिने बिग बोसको घरमा यी पाकिस्तानी मोडल तथा अभिनेत्रीलाई हेर्न पाइने भएको हो । उनलाई पाकिस्तानकी पुनम पाण्डेकारुपमा चिनिने गरिएको छ।
बिग बोसमा आउने भएपछि उनी विवादमा तानिएकी छन्। केही महिनाअघि मात्रै उनले विश्व टी-२० मा पाकिस्तानले भारलाई हराएमा नाङ्गै नाच्ने अभिव्यक्ति दिएर विवादमा तानिएकी थिइन्।
अघिल्ला सिजनजस्तै यस पटक पनि रियालिटी शो बिग बोसमा यसका निर्माताले नयाँ अनुहारलाई विवादको घेरामा ल्याउन चाहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
भर्खरै सार्वजनिक भएको बिग बोसको नयाँ सिजनमा नयाँ आगन्तुकलाई खुला हृदयका साथ निमन्त्रणा दिइसकिएको छ।
यो पटक पनि बलिउडका सुपर स्टार सलमान खानले यो रियालिटी शोलाई सञ्चालन गर्ने भएका छन्।
|
|
Post a Comment