|
|
काठमाडौ, असार ।
कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारतिर लागेका छन् । विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ ।
तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन् । महिना दिनअघि मात्रै माइती नेपालले नाकामै उद्धार गरेका चार महिलाले बयान दिने क्रममा आफूहरु मिर्गौला बेच्न भारत हिँडेको बताएका थिए ।
कमजोर आर्थिक अवस्थाका महिला पुरुषलाई एकमुष्ट धेरै पैसा कमाई हुने लोभ देखाएर तस्करले मिर्गौला बेच्न लगाउँछन् । माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेका अनुसार उनीहरुलाई मिर्गौला बेचेपछि एकमुष्ट पैसा हात लाग्ने र स्वास्थ्य पनि केही नहुने दलालहरुले आश्वस्त पारेका हुन्छन् ।
|
|
Post a Comment