Headlines News :
Home » » यी नायिका र सीके राउतको भेटले ल्यायो राजनितिक तरङ्ग..

यी नायिका र सीके राउतको भेटले ल्यायो राजनितिक तरङ्ग..

Written By news on Wednesday, 29 June 2016 | 21:29


काठमाडौं ,असार १६ ,न्यूज अभियान।
 नेपाली फिल्म खेलेर चर्चा कमाएकी नायिका निशा अधिकारीको कनेक्सन देश टुक्र्याउने अभियानमा जुटेका सीके राउतसँग रहेको खुलासा भएको छ । निशाले मंगलबार सीके राउतसँग भेट गरेर तराईको बारेमा गम्भीर वार्ता गरेको स्रोतले जनाएको छ ।

अमेरिकामा बसेर फिल्मसम्बन्धी अध्ययन गरेकी निशाले सीके राउतलाई किन भेटिन् भनेर चर्चा हुन थालेको छ ।   स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई निशाले मंगलबार जनकपुरस्थित निवासमा गएर भेटेकी थिइन् ।सीके राउतसँगै मधेसी युथ थिङ्क ट्याङ्कका अध्यक्ष डा।विनय पञ्जियार, अभिनेता कर्मा, सामाजिक अभियानता इशान र प्रशान्त झाले गोप्य भेटवार्ता गरेका थिए ।

  डा। पञ्जियारले कलाकारसहितको टोलीले सीके राउतलाई भेट गरेको स्वीकार गरेका छन् ।‘सीके राउतसँग उहाँकै निवास जनकपुरमा गएर हामीले भेटेका हौँ । भेटको सबै चाँजोपाँजो मैले मिलाएको हुँ’, पञ्जियारले भने–‘भेटमा धेरै कुरा भएन ।

मधेसीका अधिकारका विषयमा कुराकानी भएको हो ।’भेटमा यो टोलीले सीके राउत मधेसलाई मात्र हैन कि देशलाई नै खाँचो रहेको बताएका थिए । यूनाइटेड पोष्टमा खबर छ ।

 सीके राउतले पनि सबैलाई अहिंसाको मार्गमा हिँड्न प्रेरणा दिएको जानकारी डा। पञ्जियारले दिए ।  ‘राज्यसँगको लडाइँका लागि सबै एकजुट भएर लड्नु पर्छ’, सीके राउतको भनाइ उदृत गर्दै डा।पञ्जियारले बताए ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger