Headlines News :
Home » » नेपाल, पाकिस्तान र चीनप्रति भारतीय कांग्रेसको 'बुरी नजर'

नेपाल, पाकिस्तान र चीनप्रति भारतीय कांग्रेसको 'बुरी नजर'

Written By news on Wednesday, 1 June 2016 | 02:14

१७ जेठ काठमाडौं - राहुल गान्धीले नेतृत्व गरेको भारतीय कांग्रेसले शनिबार एउटा ६४ पृष्ठको बुकलेट सार्वजनिक गर्‍यो ।
मोदी सरकारले दुई वर्षमा के-के गल्ती (?) गर्‍यो भन्नेबारे कार्टून र ग्राफिक्ससहित प्रकाशित गरिएको उक्त पुस्तकको ३० देखि ३६ पृष्ठको वीचमा नेपालका बारेमा समेत चर्चा गरिएको छ । ‘मोदीका झूठ र झूठो आश्वासनका दुई वर्ष’ शीर्षकको बुकलेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीति असफल भएको चर्चा गरिएको छ । मोदीमाथि विभिन्न १३ वटा आरोपहरु लगाइएको सो पुस्तकमा नेपाल, पाकिस्तान र चीनसँगको मोदी सरकारको सम्बन्धबारे प्रश्न उठाइएको छ । भारतीय प्रमुख प्रतिपक्षी दल कांग्रेस आईको उक्त आधिकारिक पुस्तिकामा नेपालबारे जेजस्तो चर्चा गरिएको छ, त्यसलाई हेर्दा नेपाल मामिलामा मोदी सरकार भन्दा भारतीय कांग्रेसको नीति अनुदार एवं घातक देखिएको छ ।

कांग्रेसले नेपालमा भएको मधेस आन्दोलनबारे मोदी सरकारले समयमै कडा प्रतिक्रिया नदिँदा समस्या बढेको बताएको छ । कांग्रेसको बुकलेटमा ‘नेपाल’ उपशीर्षकमा दुईवटा बुँदाहरु उल्लेख गरिएका छन्ः जसको पहिलो बुँदामा नेपाल र चीनवीच सडक एवं रेल लिंक जोडिनु भारतका लागि ‘चिन्ताको विषय’ बताइएको छ । कांग्रेसको बुकलेटमा यसबारे भनिएको छ-‘नेपालको चीनसँग बढ्दो निकटता एवं सम्भावित सडक र रेल लिंक खुल्नु भारतका लागि चिन्ताजनक छ ।’ लामो समयसम्म भारतमा सत्ता सञ्चालन गरेको पुरानो पार्टी कांग्रेस आईले गरेको यस्तो टिप्पणीले ऊ नेपालको उत्तरी भेगमा सडक सञ्जाल विस्तार भएको चाहँदैन भन्ने प्रष्ट भएको छ । मोदी सरकारले यसबारे नेपालमा कडाइ गर्नुपर्ने भारतीय कांग्रेसको आग्रह देखिन्छ, जुन नीति नेपालको विकास र सम्वृद्धिका लागि घातक एवं सार्वभौमिकतामा माथिकै हस्तक्षेप हो ।

नेपाल उपशीर्षक अन्तरगत दोस्रो बुलेटमा नेपालको मधेस आन्दोलनलाई लिएर मोदीको आलोचना गरिएको छ । कांग्रेसलिखित बुँदामा भनिएको छ- ‘नेपालको नयाँ संविधानसम्बन्धी वास्तविक चिन्तामाथि प्रभावकारीरुपमा विरोध एवं मधेसी विरोध प्रदर्शन गर्नका लागि समयमा सार्थक प्रतिक्रियाको कमीको परिणामस्वरुप दुबै देशका जनताले कठिनाइको सामना गर्नुपर्‍यो । यसका साथै नेपालमा हाम्रो देशको विरुद्धमा अनावश्यक द्वैष पैदा भयो ।’ संविधान र मधेसबारे कांग्रेसले गरेको टिप्पणी अस्पष्ट एवं द्वीअर्थी छ । नेपालको नयाँ संविधानमाथि प्रभावकारी विरोध गर्नमा ढिलाइ गरिएको र मधेसी विरोध प्रदर्शन गर्नका लागि सार्थक प्रतिक्रियाको कमी भन्ने वाक्यांशले मोदी सरकारलाई नेपालप्रति नरम हैन, झनै कडा हुन उक्साएको प्रतीत हुन्छ । तर, ‘दुबै देशका जनताले पाएको कठिनाइ’ भन्दै नाकाबन्दीलाई स्मरण गर्न खोजिएको छ । मोदीको विदेश नीतिमाथि आलोचना गर्ने नाममा कांग्रेस आईले नेपालमाथि भारतीय प्रभाव र हस्तक्षेप कम हैन, अझ बढाइनुपर्ने आग्रह गरेको देखिन्छ । नेपालजस्तो स्वतन्त्र देशले उत्तरी छिमेकी चीनसँग बढाएको सम्बन्धलाई लिएर पनि भारतीय कांग्रेसमा छटपटि र कुण्ठा देखिएको छ ।

पाकिस्तान, चीनसम्बन्ध र रुढीवादी भारत भारतीय जनता पार्टीसँग चुनाव हारेर सत्ताच्युत हुनुपरेको पीडा भोगिरहेको भारतीय कांग्रेसको विदेश नीति रुढीवादी एवं संकीर्ण प्रकारको देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लाहोर भ्रमण एवं चीनसँगको बढ्दो सम्बन्धप्रति कांग्रेसले आपत्ति जनाएको छ । उसले चीन र पाकिस्तानसँग सत्रुता साध्नुपर्ने दुराग्रह प्रकट गरेको छ । भारत र चीन एशियाका दुई ठूला बिजनेश पार्टनर हुन् । उनीहरुवीच राम्रो सम्बन्ध भएको अवस्थामा एशियाको विकास र शािन्त सम्भव हुन्छ । तर, भारतीय कांग्रेसले आफ्नो बुकलेटमा पाकिस्तान र चीनसँग भारतले निहुँ खोज्नुपर्ने आशय प्रकट गरिएको छ । र, कार्टूनहरु पनि यस्ता बनाइएका छन् कि मोदीले चीनसँग हात मिलाएर गल्ती गरिरहेका छन् ।

पाकिस्तानसँग सम्बन्ध साधार गरेर गल्ती गरिरहेका छन् । कांग्रेस आइले मोदीको विदेशनीतिबारे आलोचना गर्दै आफ्नो बुकलेटमा लेखेको छ- सरकारको मूल ‘छिमेकी प्रथम’ र ‘लुक इस्ट’ नीति ‘स्वयं प्रथम’ र ‘लुक लास्ट’ मा समेटिएको छ । भाजपा सरकारको विदेश नीतिमा स्पष्टता एवं निरन्तरताको कमी देखिन्छ र यसलाई तीन ‘अ’ द्वारा उपयुक्तरुपमा परिभाष्ति गर्न सकिन्छ- असंगत, अयोग्य र असक्षम ।’ त्यसैगरी बुकलेटमा भनिएको छ-‘ प्रधानमन्त्रीद्वारा नवाज सरिफलाई सपथ ग्रहणका लागि आमन्त्रित गरेपश्चात ‘सल र साडी’ कूटनीति, एक निजी उद्योगपतिद्वारा काठमाडौंमा सार्क शिखर सम्मेलनका दौरान तय गरिएको रहस्यमयी भेटघाट, एक वर्षपछि जलवायु परिवर्तन सम्मेलनका दौरान पेरिसमा भेट, दुबै राष्ट्रिय सुरक्षा सल्लाहकारको बैंककमा भेट, विदेशमन्त्री सुष्मा स्वराजको इस्लामावाद यात्रा, प्रधानमन्त्रीको, श्री सरिफलाई जन्म दिनमा बधाइ दिने एवं पारिवारिक विवाह समारोहमा सरिक हुने क्रममा लाहोरको यात्रा, सुष्मा स्वराजको नेपालमा पाकिस्तानी विदेशमन्त्रीका साथ बैठक यी सबैबाट भारतका लागि के हासिल भयो ?’ त्यसैगरी भारतीय कांग्रेसको बुकलेटमा चीनले लद्दाखदेखि काश्मिरका विभिन्न भागमा चीनले हस्तक्षेप गरिरहेको र मोदीले सांघाइमा गएर भारतविरोधी अभिव्यक्ति दिएको बताइएको छ ।

मोदीमाथि १३ आरोप भारतीय कांग्रेसले उसका प्रधानमन्त्री मोदीमाथि विभिन्न १३ वटा आरोप लगाएको छ । मोदीले कृषिमा संकट ल्याएको, अर्थव्यवस्था बिगारेको, भ्रष्टाचार र कालोधन मौलाएको, भारतको आन्तरिक सुरक्षालाई खतरामा पारिएको, युवा र विद्यार्थीको भविश्य समाप्त पारेको जस्ता आरोपहरु लगाइएको छ । त्यसैगरी महिलालाई असंवेदनाको शिकार बनाएको र देशमा तानाशाही लादेको मोदीमाथि कांग्रेसले आरोप लगाएको छ । दलितलाई उपेक्षा गरिएको मोदीमाथि आरोप लगाइएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger