|
|
सोलुखुम्बु – पुनरावेदन अदालतले जन्मकैद फैसला सुनाएपछि फरार रहेका एक अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । सोलुखुम्बुको मुक्ली घर भएका ४८ वर्षीय तुलवीर राईलाई २०५५ सालमा पुनरावेदन अदालतले कर्तव्य ज्यान मुद्दाअन्तर्गत २० वर्षको कैद सुनाएको थियो ।
गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । अभियुक्तलाई जिल्ला अदालतले मङ्गलबार जेल चलान गरेको छ ।
पछिल्लो समयमा जिल्लामा प्रहरीले फरार अभियुक्तलाई पक्रने क्रम बढाएको छ । वैशाख र जेठ महिनामा मात्र ३० जनाभन्दा बढीलाई पक्राउ गरिसकिएको प्रहरी तथ्याङ्क रहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७३ समय: १४:२२:१७
- See more at: http://www.nepalese.org/article/2016/06/01/57883/#sthash.lUXPuh2H.OCH7YRXL.dpuf
|
|
Post a Comment