Headlines News :
Home » » यि हुन मास्ट्रर्स डिग्री गरेका कलाकार..

यि हुन मास्ट्रर्स डिग्री गरेका कलाकार..

Written By news on Saturday, 11 June 2016 | 21:35

कलाकारिता यस्तो क्षेत्र हो,जहाँ कला र गला दुवै चीज चाहिन्छ । नेपाली कलाकारिता क्षेत्रमा पढेर भन्दा परेर ज्ञान हासिल गर्नेहरुको संख्या वढि छ । यद्यपि यस्ता कलाकर्मीहरु पनि नभएका होइनन जस्का हातमा स्नातकोत्तरको  शैक्षिक उपाधी हासिल गरेका छन । यस्ता कलाकर्मीहरुको संख्या दर्जनको हाराहारीमा रहेको पाइन्छ ।यो शनिवारिय विशेष प्रस्तुतिमा हामी यिनै कलाकर्मीहरुको विषयमा प्रस्तुत गर्न गइरहेका छौं ।

 केहि कलाकारहरु यस्ता छन् जो पढाईमा पनि अब्बल छन् र कलाकारितामा पनि । अध्ययनमा डिग्री हासील गरेका केहि कलाकारहरुले कालाकातिामा पनि डिग्री सरह सफलता हासील गरेका छन् ।

राजेश हमाल
अभिनेता राजेश हमाल नेपालका धेरै पढ्ने सेलिब्रेटी मध्ये एक हुन् ।  उनले पंजाबस्थित चण्डीगढ क्याम्पसबाट अंग्रेजीमा डिग्री हासील गरे । सयौँ फिल्ममा अभिनेय गरेका राजेशले फिल्म युगदेखि युगसम्मबाट अभिनय यात्रा सुरु गरेका थिए ।

प्रमोद खरेल
म बिना कसै कसैलाई मुश्कील छ पोखरामा यहि गीत थियो जसले प्रमोद खरेललाई रातारात स्टार बनाएको थियो । यो गीतपछि प्रमोदले कहिल्यै पनि पछि फर्केर हेर्नु परेन । आधुनिक ,पप र पाश्र्व गायनमा जमेका प्रमोद पढाईमा सानैदेखी अब्बल थिए । बाल्यकाल देखी नै उनको दिमाग निकै तेज थियो । प्रमोदले बिज्ञान बिषयमा मास्टर गरेका छन् । गीतसंगितमा लाग्नुभन्दा पहिले उनी बिज्ञान बिषयका प्राध्यापक थिए । हाल भने उनी पूर्णरुपमा गीतसंगितमा लागेका छन् ।

संदिप क्षत्री
हास्य कलाकार संदिप क्षत्रीले टेलिभिजनको पर्दाबाट सबैलाई हँसाएका छन् । उनको कार्यक्रम ह्वाट् द फ्लप निकै चर्चित छ । यहि कार्यक्रमको मिठाईलाल चरित्र उनको सबैले मन पराएको चरित्र हो । संदिप कमेडीमा त अब्बल छन् नै यसका साथै उनी अध्ययनमा पनि अरुभन्दा अघि नै छन् । उनले कमर्समा डिग्री हासील गरेका छन् ।

राजा राजेन्द्र पोख्रेल
टेलिभिजनको पर्दामा खासै नदेखीएपनि राजा राजेन्द्र स्टेजका कमेडी किंग बनीसकेका छन् । उनी लगातार एकपछि अर्को स्टेज कार्यक्रममा दर्शक हँसाउनमा ब्यस्त छन् । यसका साथै उनी रेडीयो मार्फत पनि सबैलाई हँसाउने गर्छन् । एउटा दक्ष कलाकार हुनको लागि कला सँगै पढाईको आवश्यकता हुन्छ भन्ने कुरालाई उनले प्रमाणित गरिदिएका छन् । राजाले अंग्रेजी बिषयमा मास्टर डिग्री गरेका छन् ।

शिरिष देवकोटा
लोक गीतसंगितमा रोईला गायकको रुपमा परिचित गायक शिरिष देवकोटाले पनि बजार व्यवस्थापन बिषयमा मास्टर गरेका छन् । पढाईमा डिग्री हासील गरेपनि उनी पूर्णरुपमा गायनमा नै केन्द्रीत छन् । उनले गाएको ,मत आउने थिन, आयो है आयो साईला दाई , नजरैको भर लगायतका गीतहरु चर्चामा छन् ।

पशुपति शर्मा
पशुपति शर्मालाई उनका बुवाले डक्टर बनाउने सपना देखेका थिए । तर उनले गायन पेशा रोजे । गायनमा लागेपनि बुवाको लागि, एउटा डक्टर बनेको छोराले दिने खुसी र सफल गायक बनेको छोराले दिएको खुसीमा कुनै फरक छैन । गीत लेखन र गायनमा खप्पीस पशुपति पढाईमा पनि खप्पीस नै छन् । उनले समाज शास्त्रमा मास्टर गरेका छन् । लोकगीतसंगितमा लागिसकेपछि नेपालीको ज्ञान धेरै बनाउनु पर्यो भन्ने सोचेर उनले फेरि नेपाली बिषयमा पनि मास्टर गर्ने तयारी गरिरहेका छन् ।

प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्कीलाई अभिनयका आधारमा धेरैले अब्बल अभिनेत्रीको रुपमा लिने गरेका छन् । अभिनयमा मात्रै नभयर प्रियंका अध्ययनमा पनि अघि छन् । उनले फिल्म निर्माणमा अमेरिकाबाट डिग्री हासील गरेकी छिन् । नेपाली फिल्म क्षेत्रमा उनी पढेकी र प्रतिभाशाली अभिनेत्रीमा गनिन्छीन् ।

केकी अधिकारी
२५ बर्षीय अभिनेत्री केकी अधिकारीले सानै उमेरमा अध्ययन सकाएकी हुन् । उनले कमर्समा मास्टर ड्रिगी गरेकी छिन् । करियरको सुरुवात मोडलिङबाट गरेकी उनले म्युजिक भिडीयोमा राज गरेपछि फिल्म आई एम सरी मार्फत अभिनयमा प्रवेश गरेकी थिईन् । केकी अध्ययन र करियरमा दुवैमा सफल अभिनेत्री हुन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger