Headlines News :
Home » » तपाई भाग्यमानि वा अभागी ? हातका यी ७ रेखा हेरेर आफैं पत्ता लगाउनुहोस्....

तपाई भाग्यमानि वा अभागी ? हातका यी ७ रेखा हेरेर आफैं पत्ता लगाउनुहोस्....

Written By news on Saturday, 11 June 2016 | 21:27

जेठ २८, काठमाडौं । जेठ २८, काठमाडौं । धेरै मानिसहरु आफ्नो हातको रेखाहरु हेरेर सोच्ने गर्छन – मेरो भाग्य कस्तो छ ? धेरै मानिसलाई हस्तरेखाको बारेमा जानकारी नहुन सक्छ । त्यसैले आफ्नो भाग्य जान्न ज्योतिषीलाई भेट्ने गर्छन् । तर हातका केही रेखाका बारेमा जानकारी लिए ज्योतिषीलाई भेटिरहनु पर्ने छैन । यसर्थ यी ७ रेखाबारे जानकारी लिएर आफ्नो भाग्य आफैंले पत्ता लगाउनुहोस् :

१. जीवन रेखा
जीवन रेखा हातको सबैभन्दा महत्वपूर्ण रेखा हो । जसमा जिन्दगीमा हुने मुख्य घटनाहरुको रहस्य देखिन्छ । यदी तपाईंको यो रेखा गहिरो र लामो भए तपाईंको स्वास्थ्य राम्रो रहनेछ । उहीँ अर्काे लाइनमा रेखा पातलो र छोटो भए केही शारीरिक दुःखले तपाईंको उमेरभर घेरिएको हुन्छ ।

२. हृदय रेखा हृदय
रेखाबाट प्रेम र सम्बन्धका बारेमा जानकारी लिन सकिन्छ । यो रेखाबाट मानिस भावुक छ या छैन भन्ने पनि जान्न सकिन्छ । हातमा सीधा र छोटो हृदय रेखा हुनुको अर्थ हुन्छ– शब्दले भन्दा बढी कामले धेरै माया देखाउँछन् ।

३. मस्तिष्क रेखा
मस्तिष्क रेखाबाट व्यक्तिको ज्ञान र विवेकको बारेमा जानकारी लिन सकिन्छ । साथै मनोविज्ञानबारे पनि थाहा पाउन सकिन्छ । तपाईंको यो रेखा छोटो भए जीवनको कुनै पनि फैसला सजिलै लिन सक्नुहुन्छ । यदी यो रेखा लामो भएका मानिसकरु कुनै पनि निर्णय लिँदा गहिराइसम्म बुझेर मात्रै लिने गर्छन । साथै लामो रेखा हुने मानिसहरु रचानात्मक सोच राख्छन् ।

४. भाग्य रेखा
रेखाको नाम नै भाग्य रेखा भएकाले थाहा पाउनु भएको कि यो महत्वपूर्ण रेखा हो । यो रेखा छिनेको या मधुरो भए भाग्य बुलन्द अर्थात राम्रो छैन । जीवन संघर्षमय र तनाव पूर्ण रहनेछ । यदी यो रेखा औंलाबाट सुरु भएर जीवन रेखालाई छोए तपाईंको परिवार तथा साथीको जीवन सुखमय हुनेछ ।

५. सूर्य रेखा
यो रेखाबारे धेरै मानिसहरुलाई थाहा हुँदैन । यो रेखा हत्केलामा लामो हुन्छ । यो रेखाबाट मानिसको रचनात्मक व्यवहार थाहा हुन्छ । साथै आत्मविश्वासी र योग्यताको आंकलन गर्न पनि यही रेखाबाट पत्ता लाग्छ । धेरै मानिसमा भने यो रेखा हुँदैन ।
६. छोटो–छोटो तथा पातलो रेखाहरु
जसको हातमा धेरै छोटा–छोटा रेखाहरु हुन्छन् । यस्ता व्यक्तिहरु निकै संवेदनशील हुन्छन् । साथै सही र गलतबीचको अन्तर छुट्टयाउने क्रममा दुविधामा अल्झिन्छन् ।

७. हातमा निकै कम रेखा हुँदा
हत्केलमा निकै कम रेखा हुने मानिसहरु अन्तिम समयसम्म जिद्धी स्वभावका हुन्छन् । यस्ताखालका मानिसहरुसँग कुनै विषयमा कुरा गर्न पनि मुस्किल हुन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger